सोमबार, वैशाख १७, २०८१
07:53 | १२:३८

बेलायतद्वारा पुटिनका छोरीहरूमाथि प्रतिबन्ध घोषणा 

रासस-एएनआई अप्रिल ८, २०२२

लन्डन, बेलायत, २५ चैत-यूक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

बेलायतले रूसी विदेशमन्त्री सर्गेई लाभरोभमाथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले एक प्रेस विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आजबाट क्रेमलिनको भित्री घेराको भव्य जीवनशैली थप लक्षित गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिन र उनका विदेशमन्त्री सर्गेई लाभरोभका छोरीहरूलाई प्रतिबन्ध लगाउने भएको छ ।”

राष्ट्रपति पुटिनकी छोरी क्याटरिना भ्लादिमिरोभना टिखोनोभा, मारिया भ्लादिमिरोभना भोरोन्सोभा तथा विदेश मन्त्री सर्गेई लाभरोभकी छोरी येकाटेरिना सर्गेइभाना भिनोकुरोभालाई यात्रा प्रतिबन्ध लगाउँदै उनीहरूको बेलायतमा रहेको सम्पत्ति जफत गरिने निर्णयमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू