बिहीबार, २५ जुन, २०२६
00:20 | ०५:०५

एनआरएनए नयाँ नेतृत्वलाई सहयोग गर्न उपाध्यक्ष शर्माको आग्रह

नेपाली लिङ्क अप्रिल ४, २०२२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न उपाध्यक्ष डा. हेम राज शर्माले आग्रह गरेका छन् ।

संघको १० औ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा. शर्माले दशक देखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सिमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपालीबीच पुरा–याउने अभियान त्यति सहज नभएको बताएका छन् ।

शर्माले संघको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालय, राजनीतिक दलहरु, संघका संरक्षक, न्यायालय सबै मैदानमा उत्रेको दावी गरेका छन् ।

उनले लोकतन्त्रमा असहमतिबीच परिस्थितिलाई स्वीकार गर्ने बानी बसाल्न आग्रह गर्दै कतिपय विषयमा असहमति हुँदा हुँदै पनि एनआरएनएलाई एक राख्न परिस्थितिलाई स्वीकार गर्नुपर्ने स्थिति आएको बताए ।

संघको निवर्तमान महासचिव समेत रहेका शर्माले गत निर्वाचनमा राखेका बाचामध्ये करिब ८० प्रतिशत प्रतिबद्धता पुरा गर्न पाएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।

शर्माले ‘फेस भेरिफिकेसन’ मार्फत मतदान गर्ने पुरै तयारी रोक्न एउटा समूह सफल भए पनि दीर्घकालिन रूपान्तरण अभियानलाई भने कसैले रोक्न नसक्ने दावी गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू