सोमबार, वैशाख १७, २०८१
07:13 | ११:५८

प्रतिभा नक्षत्र बेलायतमा फेरि सिम्मी पुन

नेपाली लिङ्क अप्रिल ४, २०२२

लण्डन । लण्डनमा सम्पन्न प्रतिभा नक्षत्रको दोस्रो ‌महाधिवेशनले सिम्मी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी कार्यकालका लागि अध्यक्षमा सिम्मी दोहोरिएकी हुन् ।

सिम्मी कुनै समयकी चर्चित मोडल हुन् । उनले केही चल्तिका भिडियो तथा विज्ञापनहरुमा काम गरिसकेकी छिन् । पछिल्लो समय बेलायतमा रहेर पनि कलाकारिता तथा समाजिक अभियन्ताको रुपमा उनले आफूलाई स्थापित गरेकी छिन् ।

नयां कार्यसमितिको उपाध्यक्षद्वयमा लक्ष्मण गुरुङ, लिलादेवि गुरुङ, महासचिवमा निकोलस अलेखजेन्डर हाडजियानिस, सह-महासचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा बिजया दाहाल भन्डारी साथै सदस्यहरुमा सूर्यबिक्रम केसी, मेरिना श्रेष्ठ, राजेन्द्र खस, मिली राई, बसन्ती राना, गहेन्द्रमान श्रेष्ठ, दिर्घ केसी, रेशम बस्याल र प्रमोद ‌अधिकारी‌ चुनिएका छन् 

बाँकी रिक्त सदस्यहरु कार्यसमिति बैठकले निर्णय लिने बताइएको छ । महाधिवेशनको दोस्रो सत्रमा निर्वाचन कमिटीका पदाधिकारीहरु हरिकुमार ‌मल्ल, प्रसिद्ध प्रधान र श्रीभक्त खनालको टिमले निर्वाचन प्रक्रिया, नयाँ कार्यसमिति घोषणा साथै सर्वसम्मत निर्वाचित कमिटीलाई पद तथा गोपनियताको सपथ गराएको थियो । 

कार्यक्रममा बरिष्ठ गायिका मिरा राणा प्रमुख अतिथी र बरिष्ठ गायक किरण प्रधान विशेष अतिथीका रुपमा जुममार्फत सहभागी भएका थिए । 

सो अवसरमा संस्थाका प्रमुख ‌संरक्षक मनिष कुमार श्रेष्ठले प्रतिभा नक्षत्रको उद्देश्य तथा यसका गतिविधिबारे बोलेका थिए । 

सन २०१७ देखि प्रतिभा नक्षत्रले हरेक वर्ष एउटा मुख्य कार्यक्रम गरि नेपाली भाषा, मौलिक कला-संस्कृति, साहित्य संगीतलाई बिदेशमा चिनाउने साथै बेलायतमा रहेका अन्य समुदायहरुसँग हातेमालो गर्ने उद्देश्य राखेको भएपनि कोरोना महामारीका कारण गत वर्ष कार्यक्रम हुन सकेन ।

तर महामारी अन्त्यसँगै प्रतिभा नक्षत्र एकाडेमीको अवधारणासहित आफनै कार्यकक्षबाटै विभिन्न कार्यक्रम जस्तै योगा, शारीरिक व्यायाम कार्यक्रम शुरु गरेको‌ छ । 

प्रतिभा नक्षत्रले बालबालिकालाई पनि लक्षित गरेर विभिन्न कार्यक्रम संचालनमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू