सोमबार, वैशाख १७, २०८१
20:28 | ०१:१३

अल्डरसटमा नेपाली वृद्धलाई कुटपिट गरी लुट्न खोज्ने युवा प्रहरी हिरासतमा

नेपाली लिङ्क अप्रिल १, २०२२

बेजिङस्टोक मेजिस्ट्रेट कोर्ट

लन्डन । अल्डरसटमा एक नेपाली वृद्धलाई कुटपिट गरी लुट्न खोज्ने युवालाई कानूनी कठघरामा उभ्याइएको छ ।

कुटपिटसहित लुटपाट प्रयासको अभियोग लगाइएका २८ वर्षीय ड्यारेन वाट्सनलाई बिहीबार बेजिङस्टोक मेजिस्ट्रेट कोर्टमा उपस्थित गराइएको छ ।

उनलाई आगामी मे ४ तारिख विन्चेस्टर क्राउन कोर्टमा अर्को पेशीका लागि उपस्थित हुने गरी अहिले हिरासतमा पठाइएको ह्याम्पशायर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत फेब्रुअरी २५ तारिख शुक्रबारका दिन ती युवाले ७८ वर्षीय एक नेपाली वृद्धमाथि लुटपाट प्रयास गरेका थिए ।

ड्यारेनले अल्डरसट म्यानर पार्कस्थित सार्वजनिक शौचालमा ती वृद्धसंग पैसा माग्दै कुटपिटसमेत गरेका थिए ।

बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसट क्षेत्रमा नेपाली वृद्धवृद्धामाथि विगतमा पनि लुटपाट र दुर्व्यवहारका घटनाहरु हुने गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू