मंगलबार, जेठ १, २०८१
17:20 | २२:०५

इंग्ल्याण्डमा शुक्रबारबाट नि:शुल्क कोरोना परीक्षण अन्त्य

नेपाली लिङ्क मार्च ३०, २०२२

लण्डन । कोरोना महामारीका कारण इंग्ल्याण्डमा सरकारले उपलब्ध गराउंदै आएको नि:शुल्क कोरोना परीक्षण शुक्रबारबाट अन्त्य गरिंदै छ । सर्वसाधारण जनताका लागि नि:शुल्क कोरोना परीक्षण सम्बन्धि सेवा अप्रिल १ बाट अन्त्य गरिने घोषणा सरकारले गरिसकेको छ ।

तर, निश्चित समूहका मानिसका लागि भने उक्त सेवा कायमै राखिएको छ । राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारी तथा सोझै बिरामीहरुको हेरचाहमा संलग्न केयरहोमलगायत जेल तथा उच्च जोखिम ठाउँमा काम गर्ने मानिसहरुका लागि उक्त सेवा यथावत राखिएको छ ।

बेलायतमा अझै पनि कोरोना संक्रमितको संख्या घटेको छैन । हरेक १६ मध्ये एकजनामा कोरोना संक्रमण रहेको अधिकारीहरुले जनाएका छन् । कोरोना विरुद्धको खोप र एन्टीभाइरल ड्रग्सका कारण कोरोनाबाट हुने जोखिम न्यून भएका कारण सरकारले निशुल्क कोरोना परीक्षण अन्त्य गरेको हो ।

स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा भने सिमित रुपमा निशुल्क सेवा कायम राखिने र वेल्समा जुलाईबाट निशुल्क सेवा बन्द गरिने भएको छ ।

महामारीका बेला सुरु गरिएका कतिपय सेवा सुविधाहरु पनि अप्रिल १ तारिखबाट कटौती गरिनेछ । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीको लागि नि:शुल्क पार्किङ  व्यवस्था अप्रिलदेखि हटाइने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू