मंगलबार, जेठ १, २०८१
18:50 | २३:३५

युक्रेनका युद्धपीडित नेपालीलाई एनआरएनए यूकेको आर्थिक सहायता हस्तान्तरण

नेपाली लिङ्क मार्च २९, २०२२

लन्डन- युक्रेनका युद्धपीडित नेपालीहरुलाई एनआरएनए यूकेले जुटाएको आर्थिक सहायता हस्तान्तरण गरिएको छ ।

उनीहरुको सहयोगार्थ एनआरएनए यूकेले सञ्चालन गरेको ‘युक्रेन युद्धपीडित नेपाली सहयोग अभियान’ अन्तर्गत कुल ४ हजार ६ सय १० पाउन्ड (साढे सात लाख रुपैँया) सहयोग गरिएको अभियानका संयोजक एवम् एनआरएनए यूके सचिव ज्ञानेन्द्र आलेले जानकारी दिए । एनआरएनए पोल्याण्डसंगको सहकार्य र समन्वयमा युद्धपीडित नेपालीसम्म सहयोग पुर्‍याइएको उनले बताए ।

एनआरएनए यूकेले जुटाएको सहयोग रकममध्ये तीन हजार स्कटल्याण्ड राज्य परिषद अध्यक्ष काशिराम भण्डारी पोल्याण्ड पुगेर हस्तान्तरण गरेका थिए । बाँकी रकम एनआरएनए यूकेको खातामा पठाइएको थियो ।

सहयोग अभियान संयोजक आलेले एनआरएनए यूकेको आव्हानमा युद्धपीडित नेपालीहरुको लागि सहयोग गर्ने सबै दाताप्रति धन्यवाद ज्ञापन गरेका छन्।

सहयोग हस्तान्तरणका लागि समन्वय गरिदिने एनआरएनए पोल्याण्ड र एनआरएनए यूकेअन्तर्गतका चारै राज्य परिषदलाई पनि उनले धन्यवाद दिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू