शुक्रबार, चैत १६, २०८०
22:24 | ०४:०९

एनआरएनएमा बेलायतको प्रभुत्व, ‘कि पोष्ट’ मा १० जना सर्वसम्मत

नेपाली लिङ्क मार्च २९, २०२२

लन्डन । विदेशका झन्डै सात दर्जन मुलुकमा छरिएर रहेका नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) मा नयाँ नेतृत्व चयन विवाद महिनौं लम्बिन पुग्यो ।

गत आइतबार काठमाडौंमा सम्पन्न संघको १० औं विश्व सम्मेलनले डा. बद्री केसी, रविना थापा र कुल आचार्य तीनैजना उम्मेदवारलाई अध्यक्षमा निर्वाचित गरेपछि संघभित्रको लामो किचलो अन्त भएको छ । 

पदीय भागबण्डाकै कारण भएको विवाद अन्तत: जम्बो कार्यसमिति गठन पश्चात साम्य भएको छ । यद्यपि एनआरएनए अझै विवादरहित छैन र यसको साख पिंधमा पुगेको छ । हाल संघमा ७५ जना पदाधिकारी छन् भने कार्यसमितिको कुल संख्या दुईसय बढी छ ।

१० औं विश्व सम्मेलनले बेलायतबाट प्रथम अध्यक्षसहित उपाध्यक्ष, उपमहासचिव, सहकोषाध्यक्ष, महिला संयोजक, प्रवक्ता, यूरोप क्षेत्रीय संयोजक लगायत पदमा १० जना निर्वाचित भएका छन् । 

निर्वाचित हुनेमा अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा र जयप्रकाश गुरुङ, उपमहासचिव रामशरण सिमखडा र विनय अधिकारी, सहकोषाध्यक्ष कृष्ण तिमल्सेना, महिला संयोजक संगीता मरहठ्ठा, प्रवक्ता सोम सापकोटा तथा यूरोप क्षेत्रीय उपसंयोजक ललितकुमार न्यौपाने र दयानिधि सापकोटा छन् ।

एनआरएनएमा बेलायतले पहिलोपटक अध्यक्ष र अरु केही महत्वपूर्ण पद पाएको छ भलै यो पटक सबैलाई टिका लगाएर खुशी बनाइयो ।  

दुईवर्ष कार्यकाल रहने संघको विवादका कारण छ महिना बढी समय खेर गइसकेको छ । तीनैजना अध्यक्ष कार्यकारी रहने गरि कार्यसमितिको पहिलो बैठक तीनैजनाले अध्यक्षता र त्यसपछि क्रमश: कुल आचार्य, रविना थापा र डा. बद्री केसीले ६-६ महिना कार्यकारी भएर अध्यक्षता गर्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू