बिहीबार, वैशाख १३, २०८१
00:09 | ०४:५४

एनआरएनएले पशुपति क्षेत्रमा १ सय कोठाको अत्याधुनिक वृद्धाश्रम बनाउने

नेपाली लिङ्क मार्च २८, २०२२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पशुपति क्षेत्रमा १ सय कोठा क्षमता भएको अत्याधुनिक वृद्धाश्रम बनाउने भएको छ । संघको नवनिर्वाचित कार्यसमितिको ८४ औं बैठकले सो निर्णय गरेको हो ।

उक्त परियोजना सम्पन्न गर्न अध्यक्ष कुल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुबाट ,५६,५०, २२२ गरी जम्मा ३ करोड ५६ लाख ५० हजार दुई सय बाइस रुपैयांको प्रतिबद्धता प्राप्त भएको संघले जनाएको छ ।

बैठकले संघको आगामी कार्यकाल संचालनका लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा दुई जना महासचिव गौरीराज जोशी र डा. केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरेको छ ।

संघका राष्ट्रिय समिति (एनसीसी) हरुमा भएका समस्या समाधानकालागि महासचिवद्वय जोशी र पौडेलाई क्षेत्रीय संयोजकहरुसंग समन्वय गरि समाधान गर्ने जिम्मा दिने निर्णय भएको छ ।

यसैबीच, संघका नवनिर्वाचित अध्यक्षहरु डा. बद्री केसी, कुल आचार्य र रविनाले आजै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरु (आइसीसी सदस्यहरु) लाई शपथ ग्रहण गराएका छन् ।

संघका प्रवक्ताद्वय शिव वरुवाल र सोम सापकोटाद्वारा सोमबार जारी विज्ञप्ति अनुसार संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक आगामी ९ अप्रिल २०२२ नेपाली समय ४ बजे बस्ने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू