बिहीबार, वैशाख १३, २०८१
17:43 | २२:२८

ब्रिटिश क्याम्प हटाउन माग गर्दै सर्वोच्च पुगे पदमबहादुर, रिट दर्ता गर्न अस्वीकार

नेपाली लिङ्क मार्च २७, २०२२

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले नेपालबाट ब्रिटिश सेनाको क्याम्प हटाउन माग गर्दै दिन खोजेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। 

नेपाल, बेलायत तथा भारत समेतको त्रिपक्षीय सम्झौताको कूटनीतिक विषय अदालतबाट निरुपण हुन नसक्ने भन्दै सर्वोच्चले गुरुङको रिट दर्ता गर्न नमानेको हो।

गत बुधबार सर्वोच्च पुगेका गुरुङको रिट दर्ता नभएपछि उनी यसविरुद्ध पुन: अदालत जाने तयारीमा रहेको जनाइएको छ। 

बेलायतले नेपाली भूमिमा सैनिक क्याम्प राखेर नेपाली युवालाई  बहु–राष्ट्रिय सेनामा पठाएर विश्वमा मानव व्यापार गरिरहेको आरोप गुरुङले लगाएका छन्। 

बेलायतले गोर्खा सैनिकका रुपमा कार्यरत नेपाली नागरिकहरुलाई नेपालका मित्र राष्ट्रहरुविरुद्ध युद्ध लडाएको आरोप लगाउँदै उनले एक देशका नागरिक दोस्रो देशको सैनिक सेवामा गएर तेस्रो देशविरुद्ध युद्धमा प्रयोग हुँदा युद्ध अपराध भएको जिकिर गरेका छन् ।  

भूपू गोर्खाका प्रतिनिधि समेतको सहभागितामा बेलायत तथा नेपाल सरकारबीच वार्ता शुरु हुनै लाग्द सर्वोच्च जाने गेसो पूर्व अध्यक्षको कदमप्रति गोर्खा संगठनहरुले भने आपत्ति जनाएका छन् । 

संयुक्त सत्याग्रह संघर्ष समिति, गेसो लगायतका संगठनले वार्ता बिथोल्ने नियतले मुद्धाको कुरा उठाइएको भन्दै विरोध गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू