शुक्रबार, वैशाख ७, २०८१
22:28 | ०३:१३

लन्डनमा विश्व नेवा दिवस

नेपाली लिङ्क मार्च २६, २०२२

लन्डन । पासा पुच गुथी यूके लन्डन र विश्व नेवा संगठन बेलायत च्याप्टरले लन्डनमा संयुक्त रुपमा ५ औं विश्व नेवा दिवस मनाएका छन् ।

गत बुधबार लन्डनस्थित नेवा समुदायले नेवारी परिकार पाइने पाटनस्थित 
प्रख्यात ‘होनाचा’ रेष्टुरेन्टलाई समर्पित गर्दै नेवा दिवस मनाएका हुन् ।

होनाचाको ऐतिहासिक पृष्ठभूमि छ । कृष्णलाल महर्जन (व्यन्जनकार) ले १२ वर्षको उमेर छंदा वि.सं. १९६१ मा होनाचा रेष्टुरेन्ट शुरु गरेका थिए । कृष्णलालको तेश्रो पुस्ताले अहिले पनि पाटन कृष्णमन्दिर छेउमा परम्परागत रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ जुन नेवारी खाना वो, छोएला, मःमः आदिका लागि प्रख्यात छ ।

कार्यक्रम शुरु गर्दै पासा पुच गुथी यूके लन्डनकी अध्यक्ष रुक्मणी मानन्धरले होनाचाको पृष्ठभूमिबारे बताउंदै अतिथीहरुको स्वागत गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथी अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड गेल्नरले नेवा परिकारको महत्व र लोकप्रियताबारे प्रकाश पारे ।

सो अवसरमा प्राध्यापक गेल्नरले कृष्णलालकी नातिनी शान्ति व्यन्जनकारको चित्र पनि लोकार्पण गरे । व्यन्जनकारनले पाटन कृष्णमन्दिर नजिक ‘होनाचा’ चलाइरहेकी छन् ।

उक्त चित्र विश्व नेवा संगठनका उपाध्यक्ष एवं पासा पुच गुथी यूकेका पूर्व अध्यक्ष संयुक्त श्रेष्ठले कोरेका हुन् जुन पश्चिम लन्डनको मंकी टेम्पल रेष्टुरेन्टमा राखिनेछ । चित्रले नेवा परिकारप्रेमीमाझ होनाचाको ‘लिगेसी’ चिनाउने अपेक्षा श्रेष्ठको छ । विदेशीले नेवा परिकारबारे अझ जानकारी पाउने पनि श्रेष्ठले बताए ।

कार्यक्रमका अवसरमा व्यवसायीहरु भुपेन्द्र श्रेष्ठ र अनिश सिंहले सञ्चालन गरेको मंकी टेम्पल रेष्टुरेन्टमा होनाचाकै लोकप्रिय तीनवटा परिकार शुरुवात गरिएको छ, जसमा वो, दयकुला, झोल मःम, समयबजी र छोएला छन् ।

उक्त कार्यक्रम पासा पुच गुथी यूके लन्डनका उपाध्यक्ष सन्दिप श्रेष्ठले धन्यवाद व्यक्त गर्दै समापन गरेका थिए ।

विश्व नेवा दिवस गत शनिबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क, सेटल, वासिंगटन, ब्रोम्पटन शहसहित काठमाडौं पनि मनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू