बिहीबार, वैशाख २७, २०८१
20:15 | ०१:००

तमु समाज यूकेको वार्षिक साधारणसभा तथा बुद्ध जयन्ती तयारी

नेपाली लिङ्क मार्च २१, २०२२

लन्डन । तमु समाज यूकेले १५ औं वार्षिक साधारण सभा तथा २५६६औं बुद्ध जयन्ती मनाउन तयारी 
बैठक गरेको छ ।

गत १९ मार्च शनिवार समाजको वेम्बलीस्थित बारहम पार्कको आफ्नै घरमा अध्यक्ष शिव कुमार गुरुङको सभापतित्वमा उक्त बैठक भएको हो ।

बैठकले धर्म तथा संस्कृति सचिव हरिमान गुरुङको संयोजकत्वमा २१ मे २०२२ का दिन २५६६औं बुद्ध जयन्ती कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसैगरि ५ जुन २०२२ आइतबार १५औं वार्षिक साधारण सभा राख्ने निर्णय पनि भएको समाजले जनाएको छ ।

बैठकमा अध्यक्ष शिव कुमार गुरुङले युक्रेनी शरणार्थीहरुका लागि गरिएको राहत संकलन अभियानको परोपकारी सोच र समाजले त्यस सम्बन्धमा गरेको निर्णयबारे स्पष्ट पारे भने कोषाध्यक्ष खेम बहादुर गुरुङले समाजले त्यस अभियानबाट संकलन भएको रकमको विवरण प्रस्तुत गरेका थिए ।

त्यसपछि एजेण्डा अनुसार बुंदागत छलफलका क्रममा कोषाध्यक्ष खेम बहादुर गुरुङले समाजको आयव्यय प्रतिवेदन प्रस्तुत गरे । उनले समाजको कोषवृद्धिमा आमा समूहको अहम भूमिका रहेको बताए ।

बैठकमा समाजको वेम्ब्लीस्थित बारहम पार्कमा रहेको समाज घर र रइस्लिप रोड ग्रीनफोर्डमा रहेको समाज घरको अवस्थाबारे अध्यक्ष शिव कुमार गुरुङले विस्तृत जानकारी दिनुका साथै समाज घरहरुको व्यवस्थापन सम्बन्धमा छलफल गरि विभिन्न निर्णयहरु भएको छ ।

बैठकमा अध्यक्ष गुरुङले आउँदो ५ जुन २०२२ मा हुने वार्षिक साधारणसभाको तयारी स्वरुप अ–आफ्नो प्रतिवेदनहरु पेश गर्न महासचिव, कोषाध्यक्ष, आमा समूह, युथ ग्रुप लगातलाई आवश्यक निर्देशन पनि दिए ।

त्यस्तै बैठकले गहन छलफलपछि यो वर्ष गरिने कार्यक्रमहरुको मिति पनि तय गरेको छ ।

बैठकका लागि आमा समूहकी अध्यक्ष श्रीमति उमा देवी गुरुङ र कार्यसमित सदस्य श्रीमती भद्र गरुङले जलपान व्यवस्था गरेका थिए ।

अन्त्यमा अध्यक्ष गुरुङले समाजको कोषवृद्धिमा खेलेको महत्वपूर्ण भूमिका र जलपान व्यवस्थापनका लागि आमा समूहलाई विशेष धन्यवाद दिए । साथै उनले बैठकमा उपस्थित कार्यसमितिका पदाधिकारी, सल्लाहकार र आजीवन सदस्यहरु सबैलाई धन्यवाद बैठक समापन भएको घोषणा गरेका थिए ।

बैठक महासचिव धरमबल गुरुङले सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष हर्क बहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिए ।

नारायण सिंह गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू