बिहीबार, वैशाख १३, २०८१
10:14 | १४:५९

लन्डन बेक्सलीका नेपालीका लागि २६ हप्ते फिटनेस प्रशिक्षण शुरु

नेपाली लिङ्क मार्च २१, २०२२

लन्डन। लन्डन बेक्स्लीका नेपालीलाई २६ हप्ते फिटनेस प्रशिक्षण शुरु भएको छ । 

बेक्सली नेप्लिज् कम्युनिटीको संयोजनमा सञ्चालन हुने प्रशिक्षण शनिबार स्थानीय बेक्सली बरोका मेयर जेम्स हन्ट र सांसद लुइ फ्रेञ्चले उद्घाटन गरे ।

नेश्नल लट्रीबाट फन्ड प्राप्त यो प्रशिक्षण स्थानीय ह्यारिस एकेडेमीको हलमा हरेक साताको शनिबार २ घण्टा सञ्चालन हुनेछ।

प्रशिक्षणका लागि स्थानीय नेपाली समुदायका ३६ महिला र ३२ पुरुष गरी जम्मा ६८ जना दर्ता भएका छन् । उनीहरुलाई फिटनेस प्रशिक्षक रिना गुरुङ र गुर्भी आचार्यले प्रशिक्षण गराउनेछन् भने योगातर्फ शिक्षिका सरिता शर्माले सिकाउनेछिन्।

बेक्सली नेपाली कम्युनिटीले ‘ब्रिङिङ बिएनसी टुगेदर’ र ‘स्टे फिट फरेभर’ को नारासहित फिटनेस प्रशिक्षण शुरु गरिएको जनाएको छ ।  

प्रशिक्षण उद्घाटन गर्दै प्रमुख अतिथि मेयर हन्ट र विशेष अतिथि सांसद फ्रेञ्चले बेक्सली नेप्लिज् कम्युनिटीले फिटनेस प्रशिक्षण सञ्चालन गरेकोमा प्रशंसा गरे । स्थानीय नेपाली समुदायको सहयोग र सहकार्यको लागि उनीहरुले आफ्नो प्रतिवद्धता पनि जनाए ।

कम्युनिटीका अध्यक्ष आनन्द धरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष केशबहादुर गुरुङ, निवर्तमान अध्यक्ष विजय गुरुङ लगायत अतिथिको उपस्थिति थियो ।  

त्यसअवसरमा फिटनेस प्रशिक्षणका परिकल्पनाकार समेत रहेका कम्युनिटीका कोषाध्यक्ष दिपेन सिटौला र सचिव होमनाथ ज्ञवालीले नेश्नल लट्रीबाट कसरी फन्ड व्यवस्था भयो र २६ हप्तामा के कस्तो प्रशिक्षण गराइनेछ भन्नेबारे जानकारी गराए । 

अध्यक्ष धरेलले प्रशिक्षणको अवधारणालाई सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव केदार थपलियाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको लागि नाम दर्ता डेस्कमा मधुर मिश्र, उमेश गौतम र नारायण पन्त खटिएका थिए । हल सजावट बिएम प्रसाई र विमला शर्मा, फोटोग्राफी गुणदेव घिमिरे, मिडिया अहिल्या कुँवर र केदार थपलियाले सम्हालेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू