बिहीबार, वैशाख १३, २०८१
16:13 | २०:५८

ग्रेटर रश्मोर नेपाली कम्युनिटी नयाँ वर्ष मनाउने तयारीमा

नेपाली लिङ्क मार्च २१, २०२२

लन्डन । नेपाली नयाँ वर्षको अवसर पारेर ग्रेटर रश्मोर नेपाली कम्युनिटीले गर्दै आएको विशेष कार्यक्रमले यसपटक पनि निरन्तरता पाउने भएको छ।  

आगामी अप्रिल १७ तारिख साँझ अल्डरसटस्थित एम्पायर ब्यांकेटिङमा कम्युनिटीले एक कार्यक्रमसहित नयाँ वर्ष मनाउने भएको छ । 

नयाँ वर्ष कार्यक्रमको तयारीका विषयमा आइतबार कार्यसमिति र सल्लाहकारहरुबीच तयारी छलफल गरिएको छ । त्यस अवसरमा कार्यक्रम सफल र प्रभावकारी बनाउन सल्लाह, सुझाव संकलन गरिएको अध्यक्ष मान गुरुङले जानकारी दिए।

नयाँ वर्ष कार्यक्रममा थुप्रै कलाकारहरुको सांगीतिक प्रस्तुति, नृत्यसहितका आकर्षक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ। 

कार्यक्रममा सामाजिक, राजनीतिक तथा व्यापार, खेलकुद लगायतका क्षेत्रबाट प्रतिष्ठित अगुवाहरुको जमघट रहने कम्युनिटीले जनाएको छ। त्यस्तै, स्थानीय बेलायती समुदायबाट नेता तथा प्रतिनिधिहरुको पनि सहभागिता रहनेछ ।  

साँझ साढे ५ बजे शुरु हुने कार्यक्रम राती साढे ११ सम्म सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुन २५ पाउण्डको टिकट लाग्नेछ जसमा डिनर समावेश रहनेछ।  

कार्यक्रम तयारीका लागि आइतबार सम्पन्न बैठकको अध्यक्षता कम्युनिटी अध्यक्ष मान गुरुङले गरेका थिए भने सचिव विशाल गुरुङले सञ्चालन गरेका थिए ।

तस्विर: मिलन तमु 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू