शुक्रबार, चैत १६, २०८०
05:33 | ११:१८

फ्यान यूकेको राष्ट्रिय गीतलाई दुई विद्यामा अवार्ड

नेपाली लिङ्क मार्च २०, २०२२

लन्डन । नेपाल चलचित्र कलाकार संघ यूके (फ्यान यूके) को पहिलो नेपाली राष्ट्रिय गीतले दुई विद्यामा अवार्ड प्राप्त गरेको छ ।

फ्यान यूकेको पहिलो प्रस्तुति ‘हामी नेपाली हामी गोर्खाली’ राष्ट्रिय गीतको भिडियोले ‘नेपाली कला संस्कृति तथा संगीत अवार्ड २०७८’ को दुई विद्यामा अवार्ड पाएको अध्यक्ष रोमियन लिम्बुले जनाइन् ।

नेपाल चलचित्र विकास वोर्ड चाबहिलमा सम्पन्न दोस्रो अवार्ड वितरण समारोहमा ‘हामी नेपाली हामी गोर्खाली’ ले उत्कृष्ट राष्ट्रिय गीत लेखन–कल्पना आङबुहाङ (फ्यान यूके सल्लाहकार) र राष्ट्रिय गीत भिडियो निर्देशन शन्त कुमार राई (फ्यान यूके सह–कोषाध्यक्ष) गरि २ वटा अवार्ड जित्न सफल भएको हो ।

उक्त गीतको भिडियो निर्देशन शन्त कुमार राईले गरेका हुन् भने संगीत अशोक कुमार राईको छ । गीत लेखन कल्पना आङ्बुहाङको हो ।

उक्त भिडियोमा कलाकारहरु रोमियन लिम्बु, सुरेशराज पाठक, ध्रुव दत्त, सन्तोष राई, प्रतिमा दूतराज, आस्था जोशी, दीपक मैथाने मगर, सृजना निङ्लेखु, परशुराम राई, कुमुद पन्तले अभिनय गरेका छन् । सिनेमेटोग्राफी कुशल श्रेष्ठ र डान्स कोरियोग्राफी दिलु थापाको छ । भिडियो निर्माण सुमन पुनले गरेकी छन् ।

अवार्ड दिलाउन सफल सो राष्ट्रिय गीत निर्माणमा संस्थाका सबै सदस्यहरुले धेरै मिहेनत गरेको भन्दै अध्यक्ष लिम्बुले धन्यवाद पनि दिएकी छन् ।

यसैबीच, फ्यान यूकेको आइतबार बसेको बैठकले आगामी दिनमा नेपाली कला संस्कृति जोगाउने उद्देश्यले चांडै नै टक शो कार्यक्रम शुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाल चलचित्र कलकार संघ केन्द्रले बेलायत शाखालाई हाइ भिजिवल ज्याकेट दिएकामा शाखाले धन्यवाद प्रकट गरेको छ । ति ज्याकेट उपाध्यक्ष 
सुरेशराज पाठकमार्फत पठाइएको हो ।

अवार्ड जितेको गीतको भिडियो

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू