शनिबार, वैशाख ८, २०८१
15:17 | २०:०२

पञ्चासे हर्पनडाँडा समाज यूकेमा देउकाजी गुरुङ नेतृत्वमा नयाँ कार्यसमिति

प्रकाश गुरुङ मार्च २०, २०२२


लन्डन। पञ्चासे हर्पनडाँडा समाज यूकेमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार अल्डरसटस्थित माइतीघर रेष्टुरेन्टमा सम्पन्न समाजको चौंथो अधिवेशनले देउकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

आगामी तीन वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिमा रवि गुरुङ उपाध्यक्ष, प्रकाश गुरुङ महासचिव, कृष्ण घले कोषाध्यक्ष र देवबहादुर घले सहकोषाध्यक्ष चुनिएका छन्।  

त्यसैगरी, सांस्कृतिक संयोजकमा खुशीमान गुरुङ, सांस्कृतिक सहसंयोजकमा दिलबहादुर गुरुङ, वेब संयोजकमा कृपाराज गुरूङ, सिधाने गाउँ प्रतिनिधिमा यम गुरुङ, दिल बहादुर गुरुङ, रुद्र गुरुङ, किरण गुरुङ, कुद्वीडाँडा प्रतिनिधिमा किरण गुरुङ, जगन गुरुङ, दम्दमे गाउँ प्रतिनिधिमा निर बहादुर गुरुङ, मकनपुर गाउँ प्रतिनिधिमा लाल बहादुर घले निर्वाचित भए ।

समाजको वरिष्ठ सल्लाहकारमा डमरकाजी गुरुङ, सल्लाहकारहरुमा प्रेम बहादुर गुरुङ, रि. डब्लुओवान जसबहादुर गुरुङ, जगदिश गुरुङ, मेजर रिटायर्ड बुद्धिबहादुर गुरुङ, सन्तोष गुरुङ, रणबहादुर गुरुङ, कमल गुरुङ, मोनबहादुर गुरुङ, बुद्धि बहादुर घले र भीम बहादुर घले चुनिए । सबै नव निर्वाचित सदस्यहरुलाई ९२ वर्षीय सल्लाहकार प्रेमबहादुर गुरुङले खादा लगएर बधाई ज्ञापन गरेका थिए । 

मे. रि. बुद्धि गुरुङ र मोन गुरुङ रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गराएको थियो।

दुई चरणमा भएको अधिवेशनको पहिलो सत्र डमरकाजी गुरुङले अध्यक्षता गरेका थिए । सो अवसरमा समाजले गरेका विभिन्न गतिविधिसम्बन्धि प्रतिवेदनहरुमाथि छलफल गरिएको थियो । त्यस क्रममा उपाध्यक्ष देउकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष रविना गुरुङले आय-व्यय विवरण प्रस्तुत गरेका थिए। 

महासचिव प्रकाश गुरुङले समाजको नेपाल बैंक खातामा भएको विवरण र सलिना घलेको पढाई खर्च कसरी तिरिंदैछ भन्नेबारे प्रष्टाएका थिए । छलफलका क्रममा समाजका सदस्यहरुले पनि आफ्ना विचारहरु राखेका थिए ।

समाजका निवर्तमान अध्यक्ष डमरकाजी गुरुङले समाज सानो भएपनि धेरै उल्लेखनीय कामहरु भएकोमा गौरव लाग्ने गरेको बताए। उनले पञ्चासे हर्पनडाँडा अकस्मिक स्वास्थ्य सेवा, भूकम्पपीडित सहयोग, चापाकोट स्कूल, सन्तोष बचाउँ अभियान, विनिथ द ब्रेभरी सिनेमा, कोभिड राहत, अक्सिजन कन्सन्ट्रेसन सहयोग, बुद्धिष्ट गुम्वा रेडिङलाई सहयोग लगायतका प्रमुख कार्यको स्मरण गरे ।  

आफ्नो कार्यकालमा नेपाल र बेलायतमा गरी समाजले जम्मा ६३ लाख रुपैँया बढीको सहयोग गरेको उनले जनाए। 

कार्यक्रममा गैरआवसीय नेपाली संघ बेलायतकी निवर्तमान अध्यक्ष पुनम गुरुङ बेलायती राजनीतिमा प्रवेश गरी बेजिङस्टोक कन्जरभेटिभ महिला अर्गानाइसेसनको महिला प्रमुख चयन भएकोमा बधाई दिंदै सम्मान गरिएको थियो । त्यस्तै, समाजको हितको लागि सधैं तत्पर, विभिन्न कठिनाइ आइपर्दा पनि काममा खटिरहने, समाजका उदाहरणीय सदस्यका रुपमा प्रकाश गुरुङलाई पनि समाजको तर्फबाट सम्मान गरिएको थियो।

तमुधिं यूकेका पूर्व अध्यक्ष कमल गुरुङ र पुनम गुरुङले अधिवेशन सफलताको शुभकामना दिएका थिए । समाजले आफ्नो वार्षिक भेटघाट आउंदो जुन ११ मा आयोजना गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू