शुक्रबार, वैशाख १४, २०८१
03:33 | ०८:१८

लन्डनबाट सञ्चारकर्मी कुशलको रोमाञ्चक भिडियो ‘मन मनै त हो’

नेपाली लिङ्क मार्च २०, २०२२

लन्डन । लन्डनका चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छांयाकन, सम्पादन र निर्देशनमा अर्को नयां रोमाञ्चक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लवमा एक कार्यक्रमबीच अमिका महत क्षेत्रीको ‘मन मनै त हो’ भिडियो सार्वजनिक भएको हो ।

दुई कन्या काव्या श्रेष्ठ र बृष्टि पुन श्रेष्ठले म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।

अर्जुन रत्न भिखारीको शब्द, सुनिल मास्केको संगीत, मेलिना राईको स्वर रहेको गीतमा लन्डनका विभिन्न रमणीय दृश्य राखेर भिडियो बनाइएको छ ।

म्यूजिक भिडियोमा लन्डनका लोकप्रिय नायक ध्रुव दत्त र अमिका महतको अभिनय छ । मिसेस नेपाल यूकेमा सहभागी अमिकाको यो डेब्यू प्रोजेक्ट हो ।

म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा कलाकारहरु ध्रुव दत्त र अमिका क्षेत्रीले आ आफ्नो अनुभव सुनाएका थिए । उनीहरुले कुशलको निर्देशकीय क्षमता र गाइडेन्समा काम गर्न निकै सहज भएको बताए ।

निर्देशक कुशलले आफ्नो हरेक प्रोजेक्टमा उत्तिकै मेहनत र क्रियटिभिटी हुने भन्दै यसका लागि पनि धेरै मेहनत गरेको बताए । यदि चोखो प्रेम छ भने रोमाञ्स नमरुन्जेल रहन्छ भन्ने भाव भिडियोमा देखाउने प्रयास गरेको निर्देशक कुशलले बताए ।

युवा कलाकार दीपक मैथाने मगरले सञ्चालन गरेको औपचारिक कार्यक्रममा वरिष्ठ फिल्म निर्देशक सनम बैराग, इनास ग्लोवलका उपाध्यक्ष मनिषकुमार श्रेष्ठ, इनास यूकेका अध्यक्ष विनोद चिपालु, पहिलो मिसेस यूके नेपाल आस्था जोशी, प्रतिभा नक्षत्रका संस्थापक राजेन्द्र खस, अध्यक्ष सिम्मी पुन, क्यामेराम्यान, गेहेन्द्र शाक्य लगायतले शुभकामना दिएका थिए ।

वक्ताहरुले बेलायतमा सिमित श्रोत साधनबीच पनि म्यूजिक भिडियो निरन्तर आइरहनु नेपाली गीत संगीत र श्रष्टाका लागि सकारात्मक पक्ष भएको धारणा राखे ।

पहिलोपटक म्यूजिक भिडियोमा अभिनय गरेकी अमिका चर्चित नाट्यकर्मी स्वर्गीय जीतेन्द्र महत अभिलाषीकी सुपुत्री हुन् । अमिकाले म्यूजिक भिडियो हेरेर आफ्नो पहिलो प्रयासमा भएका कमी कमजोरी औंल्याइदिन आग्रह गरेकी छन् ।

कार्यक्रमकै अवसरमा टिम मेम्बर आशिष श्रेष्ठको जन्मोत्सव समेत मनाइएको थियो । कार्यक्रममा इनास यूकेले कलाकारलाई सम्मान गरयो ।

भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू