शनिबार, वैशाख १५, २०८१
20:55 | ०१:४०

साउथ इष्टको वुल्लिचमा खुल्यो ए स्टार फाइनान्सियल सोलुसन्सको शाखा

नेपाली लिङ्क मार्च १९, २०२२

लन्डन। बेलायतमा फाइनान्सियल (वित्तीय) सेवा प्रदान गर्दै आएको नेपाली व्यवसायीद्वारा सञ्चालित ‘ए स्टार फाइनान्सियल सोलुसन्स’ ले साउथ इष्ट लन्डनमा शाखा बिस्तार गरेको छ । 

दश वर्षअघि लन्डनबाट शुरु भएको ए स्टारको पाँचौं शाखा यही मार्च शुरुदेखि वुल्लिचमा सञ्चालनमा आएको छ।

वुल्लिच ट्रेन स्टेसनको आडैमा रहेको इक्वीटेबल हाउस (वुल्वीच लेट नाइट फार्मेसी भवन) को दोस्रो तलामा ए स्टारको कार्यालय छ । जहाँ ए स्टारबाट दिइने सम्पूर्ण फाइनान्सियल सेवा उपलब्ध गराइएको छ।  

ए स्टारको वुल्लिच शाखाको कमाण्ड मोर्गेज एन्ड प्रोटेक्सन एडभाइजर दिपी गुरुङले साम्हालेकी छन्। उनको टीममा प्यारा प्लानर आकृति थापादेखि रियल स्टेटमा विशेष दख्खल राख्ने रविना पुन र नारायण तिमिल्सिना समेत छन्। अन्य शाखामा कार्यरत मोर्गेज तथा फाइनान्सियल एडभाइजरहरु समेत नियमित रुपमा आएर यस क्षेत्रका ग्राहकलाई सेवा, सल्लाह उपलब्ध गराउनेछन् ।

ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रिन्सिपल, चार्टर्ड फाइनान्सियल एड्भाइजर मीन दर्लामी

ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रिन्सिपल बेलायतकै पहिलो नेपाली इन्डिपेन्डेन्ट चार्टर्ड फाइनान्सियल एड्भाइजर मीन दर्लामी हुन्। उनले बेलायतको फाइनान्सियल क्षेत्रमा प्रतिष्ठित मानिने न्यू लिफ डिस्ट्रिव्यूसन लिमिटेडबाट लगातार तीन वर्षसम्म टप टेन एड्भाइजरको अवार्ड पाउन सफल भएका छन्।  

सन् २०११ मा सेल्फ इम्प्लोइडका रुपमा दर्लामीले शुरु गरेको फाइनान्सियल सेवा सन् २०१२ देखि ए स्टारका रुपमा सञ्चालनमा छ। कम्पनी स्थापनाका एक दशकको अवधिमा ए स्टारका लन्डन, केन्ट, फार्नबरो, रेडिङ र वुल्लिचसहित पाँच शाखा पुगिसकेका छन्।

ए स्टारले पेन्सन, लगानी, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुवै), इन्सुरेन्स, बिजनेश प्रोटेक्सन, वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा ‘होलिस्टिक फाइनान्सियल सर्भिस’ दिंदै आएको छ । कम्पनीले नियमित रुपमा नेपाली समुदायमा गएर निशुल्क परामर्श समेत दिंदै आएको छ ।

बेलायतका नेपालीहरुमाझ लोकप्रिय बन्न सफल ए स्टारका प्रिन्सिपल दर्लामी सेवाग्राहीहरुकै सुविधालाई ध्यानमा राखेर साउथ इष्टमा शाखा कार्यालय बिस्तार गरेको बताउंछन्।

‘हुन त अहिलेको जमानामा धेरै काम टेलिफोन र इन्टरनेटको माध्यमले गर्न सकिन्छ, सेवाग्राहीलाई भेट्नैपर्छ भन्ने छैन । तर प्रत्यक्ष भेटेर सेवा, सल्लाह दिंदा झन् प्रभावकारी हुने हाम्रो अनुभव छ’, उनी भन्छन्,’ नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्टमा पहिलेदेखि नै हाम्रा धेरै सेवाग्राही हुनुहुन्छ । उहाँहरुलाई हाम्रो सेवा लिन सहज होस् भन्ने हाम्रो चाहना हो।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू