बिहीबार, चैत १५, २०८०
09:24 | १५:०९

बेलायतले रुसी व्यापारीमाथिको प्रतिबन्ध फुकुवा नगर्ने

रासस–एएनआई-स्पुतनिक मार्च १९, २०२२

फोटो बीबीसी

लन्डन बेलायत, चैत ५-बेलायती विदेशमन्त्री लिज ट्रसले युक्रेनमा सैन्य कारबाहीलाई लिएर रुसी व्यापारीहरूमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा नहुने विश्वास व्यक्त गरेकी छन् ।

‘यो एकदमै गाह्रो छ । यी कुलीन वर्गहरूले भ्लादिमिर पुटिनलाई आफूले गरिरहेको काम गर्न सक्षम बनाएका छन् । उनको हातमा रगत छ’, रुसी व्यापारी विरुद्ध प्रतिबन्ध लगाउने हो कि भनेर सोध्दा ट्रसले टाइम्स अखबारलाई भनिन् ।

उनले थपिन्- ‘रूसी व्यापारी रोमन अब्रामोविच, जो एफसी चेल्सीको स्वामित्वमा छन्, युनाइटेड किंगडम फर्कने सम्भावना छैन् ।’

रुसले डोनेट्स्क र लुहान्स्कका जन गणतन्त्रहरूलाई समर्थन गर्दै फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो सैन्य कारबाही शुरु गरेको थियो । पश्चिमी देशहरूले युक्रेनमा रुसी सैन्य कारबाहीलाई आक्रमण र मस्कोमाथि कडा प्रतिबन्ध लगाएको भन्दै कडा निन्दा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू