शनिबार, वैशाख ८, २०८१
01:04 | ०५:४९

बेलायती विदेशमन्त्री ट्रसले भारत भ्रमण गर्ने   

रासस-एएनआई मार्च १७, २०२२

फोटो बीबीसी

लन्डन-रुस–युक्रेन द्वन्द्वको बीचमा बेलायती विदेशमन्त्री लिज ट्रसले यसै महिनाको अन्तमा भारत भ्रमण गर्ने जनाइएको छ।

विश्वले युक्रेनमा जारी संकटको सामना गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो ।

हालै बेलायतका विदेशमन्त्रीले युक्रेनको संकटबारे विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेकी थिइन्।

‘यूकेकी विदेशमन्त्री लिज ट्रससँग टेलिफोन छलफल। युक्रेनी स्थितिका बारेमा विचार आदान प्रदान’, जयशंकरले ट्वीटमा लेखेका छन् ।

ट्रस पछिल्लो पटक गत वर्ष अक्टोबरमा दुई दिनको लागि भारत भ्रमणमा आएकी थिइन्, जसमा उनले जयशंकरसँग भेट गरेकी थिइन् । ट्रसले दुवै देशले भविष्यका लागि निर्धारित योजनामा मिलेर काम गर्नुपर्नेमा जोड दिएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू