आइतबार, जेठ ८, २०७९
11:26 | १६:११

राजदूतलाई स्वागत गर्न नेपाली समाज वील्सायरका पदाधिकारी दूतावासमा

नेपाली लिङ्क मार्च १५, २०२२

लन्डन । नेपाली समाज वील्सायरका पदाधिकारीले बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गर्दै कार्यकाल सफलताको कामना गरेका छन् ।

समाजका अध्यक्ष ज्ञान प्रसाद गुरुङको नेतृत्वमा मंगलबार दूतावासमा स्वागत गरिएको हो ।

उक्त भेटघाटमा अध्यक्ष गुरुङले नेपाली समाज वील्सायरले स्थापनाकालदेखि स्थानीय नेपाली समुदायको हितका लागि गर्दै आएका कामबारे संक्षिप्त जानकारी दिए । उनले भावी दिनमा नेपाली दूतावास र समाजबीच सहकार्य गर्ने विषयमा पनि छलफल गरेका थिए ।

राजदूतले आफ्नो स्वागतका लागि समाजलाई धन्यवाद दिंदै आफ्नो प्राथमिकता र दूतावासबाट गरिने सेवाबारे जानकारी दिएका थिए ।

उक्त भेटघाटमा नेपाली समाज वील्सायरका अध्यक्ष गुरुङ, उनकी धर्मपत्नी उन्नति गुरुङ, उपाध्यक्ष खगेन्द्र गौचन, सचिव भवानी गुरुङ साथै खाना संयोजक तिल पुन सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू