शनिबार, वैशाख २९, २०८१
03:56 | ०८:४१

पूर्व गोर्खा आरोही निर्मल पूर्जालाई इष्टली बरो काउन्सिलको उच्च सम्मान

नेपाली लिङ्क मार्च १४, २०२२

लन्डन । हिमाल आरोहणमा विश्व कीर्तिमान राखेका पूर्व गोर्खा आरोही निर्मल पूर्जालाई बेलायतको इष्टली बरो काउन्सिलले उच्च सम्मान प्रदान गरेको छ ।

काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्ट्ली मेयर काउन्सिलर सिन्थिया गार्टोनले पूर्जालाई ‘फ्रिडम अफ दि बरो’ उपाधि प्रदान गरिन् ।

उक्त सम्मान काउन्सिलले दिने सबैभन्दा उच्च हो ।

सन् १९घ्६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने पूर्जा १७ औं व्यक्ति हुन् । सम्मान प्रदान गर्दै मेयर सिन्थियाले निर्मल पूर्जा आफ्नो बरोमात्र होइन्, विश्वमै गर्व गर्न लायक एक धरोधर भएको बताउंदै उनलाई बधाइ दिइन् । निर्मल पूर्जाले सम्मान प्रदान गरिएकामा काउन्सिलप्रति आभार व्यक्त गरेका छन् । निर्मल इष्ट्ली बरोकै बासिन्दा हुन् ।

समारोहमा इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष कमलबहादुर पूर्जा लगायत एसोसिएसन पदाधिकारी, काउन्सिल लिडर, काउन्सिलका प्रमुख कार्यकारी, भूपू गोर्खाहरु आदिको सहभागिता थियो ।

एसोसिएसन अध्यक्ष कमल पूर्जाले आफ्नो भाइ निर्मलले उक्त सम्मान पाएर पूर्जा परिवारमा मात्र होइन्, समस्त गोर्खा र नेपाली समुदायनै गौरवान्वित भएको बताए ।

निर्मलले दुई वर्षअघि सबैभन्दा कम अवधि ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए ।

निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूत हुन् । उनले कीर्तिमान राखेयता कयौं अवार्ड पाइसकेका छन् भने उनी सम्बन्धि वृत्तचित्र नेटफ्लीक्समा ट्रेन्डिङमा पर्न सफल भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू