बाग्लुङे समाज यूकेमा नयाँ नेतृत्व, अध्यक्षमा धन बुढाथोकी



लन्डन-बाग्लुङे समाज यूकेमा नयाँ कार्यसमिति चयन भएको छ । गत आइतबार सम्पन्न समाजको अधिवेशनले धन बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत छैठौँ कार्यसमिति निर्वाचित गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा खड्क थापा वरिष्ठ उपाध्यक्ष, मित्र थापा र रुद्र छन्त्याल उपाध्यक्ष, शेर पुन महासचिव, अशोक बुढाथोकी सहसचिव, हिरा पुन कोषाध्यक्ष र जंग पुन सहकोषाध्यक्ष चुनिएका छन् ।
त्यसैगरी, महिला प्रतिनिधि प्रेरणा खड्का, सह महिला प्रतिनिधि गोमा रिजाल, सांस्कृतिक सचिव कृष्ण रोका, सांस्कृतिक सहसचिव शिव पुन, मिडिया सचिव बिसन थापा, मिडिया सहसचिव याम श्रेष्ठ, वेब मास्टर नन्दलाल पुन, नौमती प्रतिनिधि भिम थापा, सह नौमती प्रतिनिधि तिर्थ शाही चयन भएका छन् ।
राजन मल्ल संयोजक, दिपक काउचा सचिव र ओम पुन सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको चयन गराएको थियो । त्यस्तै, राम पुन संयोजक, दोलेन्द्र खड्का सचिव र नारायण रिजाल सदस्य रहेको विधान समितिले विधान संशोधनको प्रस्ताव पेश गरेको थियो।

नयाँ कार्यसमितिको चयनसंगै समाजकी निवर्तमान अध्यक्ष छबिमाया पुनको तीन वर्षे कार्यकाल पूरा भएको छ । संस्थाकी पहिलो महिला अध्यक्ष निर्वाचित पुनले आफ्नो कार्यकाललाई सफल पार्न सहयोग गर्ने कार्यसमिति, सल्लाहकारहरु, पूर्व अध्यक्षहरुसहित निर्वाचन समिति, विधान समिति एवम् समाजका सबै सदस्यप्रति आभार प्रकट गरेकी छन्।
आफू नेतृत्वको कार्यकालमा संस्थाका सदस्यहरु बिस्तार गर्ने, नियमित कार्यक्रमहरु आयोजना गर्नेदेखि, कोभिड महामारीदेखि अन्य आपतविपतका बेलामा कुल ५१ हजार पाउन्ड बढी रकम सहयोगस्वरूप नेपाल पठाइएको उनले जानकारी गराइन् ।
यसअघि समाजकी निवर्तमान अध्यक्ष छबिमाया पुनको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई अध्यक्ष पुन, संस्थापक अध्यक्ष राजन मल्ल र पूर्व अध्यक्ष दीपक काउचाले दीप प्रज्वलन गरी शुभारम्भ गरेका थिए।

त्यस अवसरमा अध्यक्ष पुनले संस्थापक अध्यक्ष राजन मल्ल र पूर्व अध्यक्ष दीपक काउचालाई फेटा लगाएर सम्मान गरेकी थिइन् भने विधान समिति अध्यक्ष राम पुन, मिडिया सेक्रेटरी जंग पुन, कोषाध्यक्ष हरि घर्ती, सल्लाहकार नरमती पुन र क्षेत्रीय प्रतिनिधि राम थापालाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।
नवनिर्वाचित कार्यसमितिका सबै पदाधिकारीलाई खादा र प्रमाणपत्रसहित बधाई शुभकामना ज्ञापन गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



