शुक्रबार, वैशाख १४, २०८१
19:01 | २३:४६

त्रिपक्षीय वार्तामा निर्देशक र वार्ता कमिटीबीच समन्वयपछिमात्र एजेण्डा प्रस्तुत हुने 

नेपाली लिङ्क मार्च १३, २०२२

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसंग लन्डनमा भेट गरि त्रिपक्षीय वार्ता सम्बन्धमा छलफल गरेको छ ।

उक्त छलफलमा राजदूत आचार्यले गोर्खाहरुका तर्फबाट बांकी दुई जना प्रतिनिधिलाई चांडै पूर्णता दिइने, निर्देशक कमिटी आफ्नो भूमिकासहित क्रियाशिल रहने र वार्तालाई अधिकतम रुपमा गोर्खा र नेपालको पक्षमा प्रतिफल प्राप्त गर्न निर्देशक कमिटी एवं वार्ता कमिटीबीच विभिन्न विषयमा गम्भीर र सघन छलफल गरेरमात्र विषयहरु वार्तामा प्रस्तुत गरिने स्पष्ट पारेका गेसो सचिव बुद्धिराज राईले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गेसोले विगत तीन दशकदेखि गोर्खा भूतपूर्व सैनिकहरुमाथि भएको भेदभाव अन्त्यका लागि न्यायिक आन्दोलन गर्दै आएको जनाउंदै आसन्न वार्ता तार्किक निष्कर्षमा पुरयाउन कार्यगत एकतामा जोड दिंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू