शुक्रबार, वैशाख १४, २०८१
12:48 | १७:३३

भूतपूर्व गोर्खाकी छोरी मिस युनिभर्स ग्रेट ब्रिटेनमा फाइनलिष्ट

नेपाली लिङ्क मार्च १२, २०२२

लन्डन । भूतपूर्व ब्रिटिश गोर्खाकी छोरी सपिमा गुरुङ मिस युनिभर्स ग्रेट ब्रिटेन २०२२ मा फाइनल चरणमा पुगेकी छन् ।

वेष्ट योर्कसायर लिड्स निवासी २२ वर्षीया सपिमाले केही दिनअघि अन्तरराष्ट्रिय नारी दिवसकै दिन आफू मिस युनिभर्स ग्रेट ब्रिटेन २०२२ को फाइनलिष्टमा छनोट भएको खुशी सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘आज हामीले सबैतिर नारी दिवस मनाइरहेका बेला म यो कुरा बताउन अत्यन्तै गौरवान्वित महसुश गरिरहेकी छु कि म तपाईंहरुको मिस युनिभर्स ग्रेट ब्रिटेन २०२२ को फाइनलिष्टहरुमध्ये एक हुं ।’

मिस युनिभर्स ग्रेट ब्रिटेनको ग्रयाण्ड फिनाले आउंदो ९ जुलाइमा न्यूपोर्ट वेल्सस्थित रिभरफ्रण्टमा हुंदैछ ।

सपिमाले आफ्नो मिस युनिभर्स यात्रामा आर्थिक तथा भावनात्मक समर्थनका लागि सबैमा अपिल गरेकी छन् ।

हाल मेडिसिनमा मास्टर्स गरिरहेकी सपिमाले मिस युनिभर्स जिबी प्लेटफर्ममार्फत बालशिक्षाको वकालत गर्ने बताएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू