बिहीबार, वैशाख १३, २०८१
02:29 | ०७:१४

ननिटनको गोर्खा रेजिमेन्ट नसार्ने एमओडीको निर्णय

नेपाली लिङ्क मार्च १२, २०२२

लन्डन । बेलायती रक्षा मन्त्रालय (एमओडी) ले ननिटनको 
ब्रामकोटस्थित गोर्खा रेजिमेन्ट सार्ने पूर्ववत निर्णय पुनर्विचार गरेको छ ।

एमओडीले आउंदो वर्ष सार्ने भनिएको गेमकक ब्यारेक्स् यथास्थानमा राख्ने निर्णय गरेको ‘कोभेन्ट्री लाइभ’ ले जनाएको छ ।
उक्त ब्यारेकमा क्वीन्स् गोर्खा सिग्नलका सैनिकसहित ३० सिग्नल रेजिमेन्टस् छ ।

ननिटनवासीले ब्यारेक्स नहट्ने भएपछि खुशी व्यक्त गरेका छन् । रेजिमेन्टलाई स्थानीय बरोले पनि गर्वका रुपमा लिएको छ ।

सो क्षेत्रमा भूतपूर्व र सर्भिङ गोर्खाको बसोवास छ । भूतपूर्व गोर्खाहरुको लगानीमा त्यहां पब, रेष्टुरेन्ट लगायत व्यवसाय पनि चालु छन् ।

उता, हालै ब्रिगेड अफ गोर्खाजमा नेपालबाट छानिएका २१८ नेपाली युवा छिट्टै क्याट्रिक आउने तयारीमा छन् । ति युवाले क्याट्रिकमा प्रशिक्षण लिनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू