आइतबार, जेठ ६, २०८१
19:00 | २३:४५

नेपालमा कोभिड संक्रमण घटे पनि जोखिम यथावत्

रासस मार्च १२, २०२२

काठमाडौं । मुलुकमा कोभिड–१९ को संक्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६२ जनाको परीक्षण गरिएकामा ७३ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १९२ जना संक्रमणमुक्त भइ घर फर्केका छन् ।

त्यसैगरी बितेका २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको जनाइएको छ । हालसम्म मुलुकमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ ।

हाल देशभर पाँच हजार ५० जना सक्रिय संक्रमित रहेका र १०६ जना क्वारेन्टिनमा बसेका छन् ।

पछिल्ला २४ घण्टामा एक लाख १३ हजार चार जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले बताएको छ ।

खोप अभियान सुरु भएयता चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप लगाइसकिएको छ भने एक करोड ८६ लाख ११ हजार ६२६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

एक करोड ८३ लाख ९९ हजार ४५१ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १६ लाख ३८ हजार ५३६ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू