शुक्रबार, वैशाख १४, २०८१
16:43 | २१:२८

बेलायतका नेपालीले युक्रेनी 
शरणार्थीलाई पठाए खाद्य र स्वास्थ्य सामग्री

नेपाली लिङ्क मार्च ९, २०२२

लन्डन । रुस युक्रेन द्वन्द्वका कारण विस्थापित युक्रेनी नागरिकलाई बेलायतका नेपालीले राहत सामग्री पठाएका छन् ।

इष्ट्ली गोर्खा नेपलिज एसोसिएसनले सार्वजनिक अपिल गरि स्थानीय तथा नेपालीबाट संकलित खाद्यान्न र अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको हो ।

एसोसिएसनका ट्रष्टी कमल पुर्जाले युक्रेनबाट छिमेकी पोल्याण्ड लगायत देश पुगेका शरणार्थीहरुलाई दाल, चामल, पिठो, पास्ता, पोरिज, ओट्स, टिनका खानेकुरा, टुथ पेष्ट ब्रस, प्राथमिक उपचार सामग्री, साबुन, बच्चाहरुका लागि वाइप्स्, नेपी लगायत सामग्री पठाइएको जानकारी दिए ।

इष्ट्ली लिजर सेन्टरमा संकलित खाद्यान्न तथा स्वास्थ्य सामग्री पठाउने क्रम जारी रहेको जनाउंदै पुर्जाले अन्य नेपालीलाई पनि स्वतस्फूर्त सहायता गरि मानवीय भावना देखाउन अपिल गरेका छन् । पुर्जाले दाताहरुप्रति आभार पनि व्यक्त गरे ।

एसोसिएसनले बेलायतकै स्थानीय घरविहीनलाई पनि फुड बैंकमार्फत खाना सहयोग गर्दै आएको छ ।

रुसी सेनाले अहिले युक्रेनी शहरहरुलाई हवाइ, जमिन र समुद्रबाट एकैसाथ आक्रमण गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसिआरले रुसी हमलापछि अन्यत्र भागेका युक्रेन शरणार्थीहरूको कुल संख्या झण्डै २२ लाख पुगेको अनुमान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू