बिहीबार, चैत १५, २०८०
09:33 | १५:१८

नेपलिज ब्रिटिश कम्युनिटी यूकेको १२ औं स्थापना दिवस उल्लासमय वातावरणमा

नेपाली लिङ्क मार्च ७, २०२२

लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले एक कार्यक्रमबीच १२ औं स्थापना दिवस तथा वार्षिक साधारण सभा गरेको छ ।

आइतबार लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एक कार्यक्रम गरि स्थापनादिवस हर्षोल्लासका साथ मनाइयो । सोही अवसरमा संस्थाको वार्षिक साधारणसभा पनि भएको छ ।

कोभिड महामारीका कारण संस्थाले झण्डै दुई वर्षपछि गरेको प्रत्यक्ष कार्यक्रममा सहभागी निकै उत्साहित देखिन्थे । नाचगान, रात्रीभोजसहित १२ औं स्थापना दिवसको खुशीयालीमा केक पनि काटियो । कार्यक्रम वर्तमान अध्यक्ष राजेन्द्र ओझा र संस्थापक अध्यक्ष कमल पौडेलले दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

कम्युनिटी अध्यक्ष राजेन्द्र ओझाको सभापतित्वमा सम्पन्न पहिलो औपचारिक कार्यक्रममा सचिव रविन्द्र अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म गरेका प्रमुख च्यारिटी तथा अन्य गतिविधिबारे जानकारी दिए ।

अधिकारीले कम्युनिटीले कोभिडका बेला चारवटा चिकित्सकको प्यानलिष्ट राखेर मेन्टल हेल्थ एण्ड वेल बिइंग अवेरनेस कार्यक्रमदेखि नेपाल र बेलायतबाट ख्यातिप्राप्त कलाकार बोलाएर विशेष मनोरन्जन कार्यक्रम समेत गरेको जनाए ।

उनले नेपालमा कोभिड पीडितलाई हाम्रो टिम र हन्ड्रेडस ग्रुपमार्फत ५ लाख ५० हजार रुपैयां प्रदान गरिएको पनि जानकारी दिए ।

संस्थाले बिग लोट्री फण्ड प्रोजेक्टबाट प्राप्त सहयोगमा बेलायतमा रहेका ६५ वर्षमाथिका वृद्धवृद्धा नेपाली आमाबुवालाई ७० वटा टयाबलेट बांडेको थियो । वृद्धवृद्धालाई सामाजिक सञ्जाल, नेपाली रेडियो चलाउन र नेपालमा परिवारसंग सम्पर्क गर्न सजिलो होस् भन्ने उद्देश्यले टयाबलेट बांडिएको हो भने उनीहरुलाई दुई हप्तासम्म प्रशिक्षण पनि दिइएको थियो ।

कम्युनिटीले नेपाल रनसंग मिलेर दौड कार्यक्रम गरेको थियो जसमा ४२८ जना सहभागी थिए । साथै संस्थाले दशैं फेस्टिबल समेत गरेको थियो ।

संस्थाले ज्ञानवर्धक र जानकारीमूलक बुलेटिन पाक्षिक रुपमा प्रकाशित गर्दै आएको छ भने उसको प्रत्येक शनिवार र आइतबार जुममार्फत निशुल्क रुपमा ‘योगा एण्ड फिटनेश’ कार्यक्रम सुचारु छ ।

कार्यक्रममा कोषाध्यक्ष खेमराज जोशीले आयव्यय विवरण प्रस्तुत गरे ।

एनबीसी यूके अध्यक्ष राजेन्द्र ओझा

सो अवसरमा पूर्व अध्यक्ष गंगाबहादुर राना, नेपाल पत्रकार महासंघ बेलायतका उपाध्यक्ष शिव भण्डारी, कोडेक यूके अध्यक्ष अरुण चालिसे, संस्थाका सल्लाहकार तथा आजीवन सदस्य राजकुमार त्रिपाठी, अतिथीहरु आजीवन सदस्य तथा बन्टोक नेपाली समाजका उपाध्यक्ष भोला पनेरु, खेम ढकाल लगायतले शुभकामना दिंदै एनबीसी यूकेले गरेका च्यारिटी काम उदाहरणीय रहेको बताए ।

एनबीसी यूके अध्यक्ष राजेन्द्र ओझाले सहभागीप्रति धन्यवाद दिंदै आफ्नो संस्था सामाजिक र मानवीय भावनाले ओतप्रोत भएको उल्लेख गरे ।

दोश्रो चरणमा कम्युनिटीका सदस्य समिरनाथ प्याकुरेलले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

महिला सदस्य अन्जु सिग्देलले स्वागत मन्तव्य दिएकी थिइन् । सो अवसरमा संस्थापक अध्यक्ष कमल पौडेल, पूर्व अध्यक्ष कमल खनाल लगायत अतिथी र संस्थाका पदाधिकारी एवं सदस्य गरि एकसय १५ जना सहभागी थिए । तस्विरहरु- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू