आइतबार, जेठ ८, २०७९
11:15 | १६:००

प्रवासी मञ्चले मनायो नारी दिवस

नेपाली लिङ्क मार्च ७, २०२२

लन्डन । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्चले आइतबार एक भर्चुअल कार्यक्रमसहित अन्तरराष्ट्रिय नारी दिवस मनाएको छ । मञ्चको अन्तरराष्ट्रिय समितिअन्तर्गतको महिला विभागको आयोजनामा पार्टीका केन्द्रीय नेता एवम् संसारभरका दुइ सय भन्दा बढी नेपाली महिला तथा पुरुषहरुको सहभागितामा ११२ औं दिवस मनाइयो ।

मञ्चको महिला विभाग प्रमुख कुन्ती थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि अखिल नेपाल महिला संघकी अध्यक्ष थममाया थापाका साथै विशेष अतिथिहरु सांसद बिन्दा पाण्डे, पूर्व मन्त्री राधा ज्ञवाली, सांसदहरु शान्ता चौधरी र जाल्पा भुषाल, मञ्चका अन्तरराष्ट्रिय समिति अध्यक्ष भक्त गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

प्रमुख अतिथि थापाले देशको राजनैतिक अवस्थामा महिलाहरूको भूमिका, महिला आन्दोलन र अखिल नेपाल महिला संघले गरेको भूमिका तथा पार्टीमा महिलाहरूको अवस्थाबारे चित्रण गरेकी थिइन् ।

यसैगरी  शान्ता चौधरीले नेपाली महिलाहरूको स्थिति, महिला हिंसा बिरूद्दका आन्दोलन लगायत विषयमा बोलेकी थिइन् । प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले प्रवासमा महिलाहरुको अवस्था तथा प्रवासी नेपाली मञ्चले निर्वाह गरेको भूमिकाबारे प्रष्ट्याए । कार्यक्रममा विभिन्न मुलुकबाट गीत तथा कविता प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा मञ्चका प्रमुख सल्लाहकार संजय थापा, अन्तरराष्ट्रिय समिति सचिव रमेश पान्डे र सचिवालय सदस्यहरु प्रभुराम थापा, चानक पोख्रेल, भक्त गुरुङ, सचिवालय सदस्यहरु डा विनोद श्रेष्ठ, भक्त वाग्ले, हेम शेर्पा, रमेश थापा, श्रृजना नेपाली, रमेश थापा, तीर्थ गौतम, कर्ण शाही र शिव बरूवाल तथा ईश्वरी भट्ट, कमलमणि गुरागाई मध्यपूर्व, गोविन्द पौड्याल युरोप, सरोज कंडेल पूर्वी एशिया र राजु उपाध्याय ओसियानालगायत मञ्चका महादेश समितिका अध्यक्षहरुको पनि सहभागिता थियो ।

कार्यक्रम सञ्चालन महिला विभाग सचिव सरू चापागाईले गरेकी थिइन् भने मञ्चकी बेलायत उपाध्यक्ष सरस्वती केसीले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू