बिहीबार, चैत १५, २०८०
08:34 | १४:१९

ए स्टारले मोर्गेज वेवीनार गर्दै

नेपाली लिङ्क मार्च ५, २०२२

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले बेलायतमा वर्तमान हाउजिङ मार्केट्स र मोर्गेजबारे वेवीनार गर्ने भएको छ ।

ए स्टार र मगर संघ केन्ट शाखाको संयुक्त आयोजनामा यही मार्च ६, आइतबार बिहान ११ बजे वेवीनार हुन लागेको हो ।

जुमबाट हुने सो वेवीनारमा बेलायत, ब्रुनाइ, नेपाल, हङकङ, साइप्रस र जर्मनीबाट समेत सहभागिताको अपेक्षा गरिएको छ ।

कार्यक्रममा पहिलोपटक घर किन्ने प्रक्रिया, पूंजी संकलन र खरिदका उपाय, सुरक्षित लगानी, कम्पनीबाट घर खरिद प्रक्रिया आदिबारे सम्बन्धित विज्ञहरुबाट जानकारी दिइने ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका मोर्गेज एड्भाइजर रमेशसिंह सराङकोटीले जनाए ।

उनले प्रोपर्टी, मोर्गेज लगायत वित्तिय परामर्शका लागि कार्यक्रम उपयोगी हुने विश्वास गर्दै समयमै नाम दर्ता गर्न पनि आव्हान गरेका छन् ।

ए स्टारले कोभिड महामारी अगाडि पनि यस्ता उपयोगी परामर्शका कार्यक्रम प्रत्यक्ष रुपमा गर्ने गरेको थियो ।

कार्यक्रममा जोडिन-

Zoom Link

Meeting ID: 841 1064 3215

Passcode: 1234

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू