शुक्रबार, वैशाख १४, २०८१
15:49 | २०:३४

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन बेलायतको आग्रह  

रासस-एएफपी मार्च ४, २०२२

फोटो बीबीसी

लन्डन । बेलायती विदेशमन्त्री लिज ट्रसले शुक्रबार युक्रेनको आणविक ऊर्जा प्लान्टमा रूसी सेनाले आक्रमण गरेपछि बेलायतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन चाहेको बताएकी छन् ।

ब्रसेल्समा नेटो विदेश मन्त्रीहरूको बैठकका क्रममा उनले ब्रिटिश टेलिभिजनलाई अन्तर्वार्ता दिँदै, ‘यो आक्रमण युरोपेली सुरक्षा र स्थायित्वका लागि खतरा थियो र हामीले जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन आवश्यक छ’ भनेकी छन् ।

युक्रेनमाथिको हमला योजना अनुसार नै: पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताएका छन् । उनले भनेका छन्– ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’

रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले सो धारणा राखेका हुन् । उनले ‘हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौं’ भने । पुटिनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए ।

उनले अगाडि भने, ‘रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ ।’

रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताए ।

रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ । बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय शहरहरुमा रुसी सेनाले हमला जारी नै राखेको समाचार छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू