शुक्रबार, चैत १६, २०८०
02:00 | ०७:४५

हड्तालले लन्डनमा अन्डरग्राउण्ड रेल सेवा ठप्प, लाखौं यात्रु प्रभावित

नेपाली लिङ्क मार्च १, २०२२


लन्डन । दिनहुं लाखौं यात्रुले सेवा लिने लन्डनको अन्डरग्राउण्ड रेल सेवा मंगलबार ठप्प भएको छ । लन्डन अन्डरग्राउण्डमा कार्यरत कामदारहरुको २४ घण्टे हड्तालका कारण लगभग सबै सेवा बन्द भएको छ ।

नर्दन, डिस्ट्रिक्ट, सेन्ट्रल र पिकाडेली लाइनका रेलहरु सिमित स्टेसनहरुमा मात्रै सञ्चालन गरिएको छ ।

हड्तालका क्रममा अन्डरग्राउण्ड रेल सेवामा कार्यरत दश हजार कामदारले आज काम बहिस्कार गरेका छन् ।

लन्डन अन्डग्राउण्डमा कार्यरत कर्मचारीहरुले यसअघि पनि पटक पटक हड्ताल र विरोध गर्दै आएका छन् ।

रेल हड्तालपछि बस यात्राका लागि सेन्ट्रल लन्डनमा यात्रुहरुको भीड । तस्बिर एपी

उनीहरुले बजेट कटौतीका कारण कयौं कामदारको जागिर खोसिने जोखिम बढेको, पेन्सनको लागि पर्याप्त प्रत्याभूति नमिलेको जस्ता असन्तुष्टिहरु उठाएका छन् । लन्डनमा अन्डरग्राउण्ड रात्रीकालीन रेल सञ्चालन गर्ने क्रममा आफूहरुको कार्यतालिका असन्तुलित बनाइएको भन्दै पनि उनीहरुले विरोध जनाउँदै आएका छन् ।

यही साताको बिहीबार पनि फेरि २४ घण्टे हड्ताल आव्हान गरिसकिएको छ ।

हड्तालका कारण अन्डरग्राउण्ड सेवा ठप्प भएपछि लाखौं यात्रु प्रभावित भए । टिएफएल र डिएलआर रेलहरु नियमति सञ्चालन भइरहेका छन् भने नेश्नल रेलको सेवा पनि घटाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू