शनिबार, वैशाख १५, २०८१
06:20 | ११:०५

गोर्खा सैनिकलाई यौन दुर्व्यवहार मुद्धा: शौचालयमा लुकेर जबरजस्ती गरेको आरोप

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२२


लन्डन । एक ब्रिटिश गोर्खा सैनिकलाई महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

राइफलम्यान २६ वर्षीय ताराहाङ राईले पुरुष शौचालयमा लुकेर एकजना सरसफाइको काम गर्ने महिलालाई शारिरीक सम्पर्कका लागि जबरजस्ती गरेको आरोप लगाइएको हो ।

सेकेन्ड गोर्खा राइफल्समा कार्यरत राईले ति महिलालाई दुईपटक चुम्बन लागि अनुनय गरेको तर अस्वीकार गरेपछि तेश्रोपटक यौन सम्पर्कका लागि प्रयास गरेको डेली मेलले जनाएको छ ।

ब्रिटिश गोर्खा राईले ति महिलालाई हात समातेर जान समेत नदिएको तर जब महिलाले सहयोगका लागि कराएर गुहार माग्छु भनेपछि उनले हात छाडेको बताइएको छ ।

वील्सायर मिलिट्री कोर्ट (सैनिक अदालत) मा बयानका क्रममा राईले महिलासंग यौनका लागि आग्रह गर्दै जवरजस्ती तानेर एउटा सानो कोठामा लैजान खोजेको आरोप लगाइएको छ ।

राईसंग ति महिलाको तीन पटक पुरुष शौचालयमा जम्काभेट भएको जनाइएको छ ।

ति महिलाले टुकर लाइन्स बेस ब्रुनाइमा क्लिनिङ काम गरिरहेका बेला घट्ना भएको वीलसायरस्थित बुलफोर्ड मिलिट्री कोर्टमा सुनुवाइका क्रममा बताइएको हो ।

तर, अभियुक्त राईले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले महिला नै आफूप्रति आकर्षित भएको तर आफूले वास्ता नगरेपछि आरोप लगाएको दावी गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू