मंगलबार, वैशाख ११, २०८१
12:20 | १७:०५

नेपाली व्यवसाय प्रवर्धनका लागि बेलायती सांसदको चासो

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२२

लन्डन । नेपाली समुदायसंग निकट रहेका बेलायती सांसद वीरेन्द्र शर्माले नेपाली व्यवसाय प्रवर्धनका लागि आफूले सक्दो सहयोग 
गर्ने बताएका छन् ।

नेपाली व्यवसायी प्रकाश प्रधानले सञ्चालन गरेको साउथहलस्थित नयां रेष्टुरेन्ट ‘काठमाडौं जोन’ अवलोकनका क्रममा सांसद शर्माले प्रधानलाई बधाइ दिंदै कोभिड महामारीको कठिन समयमा पनि सेवा सुचारु गरेकामा आभार व्यक्त गरे ।

साउथहल शर्माको आफ्नै निर्वाचन क्षेत्र हो । उनले स्थानीय व्यवसायले रोजगारी प्रदान गरेका बताउंदै आफ्नो तर्फबाट पनि प्रवर्धनमा सघाउने बताएको प्रधानले जनाए ।

कयौं पटक नेपाल भ्रमण गरेका सांसद उर्माले नेपाल र नेपाली र नेपाली खाना आफ्नो रोजाइमा परेको बताएका थिए ।

व्यवसायी प्रधानले हन्स्लोपछि साउथहलमा ‘काठमाडौं जोन’ को नयां आउटलेट हालै सञ्चालनमा ल्याएका हुन् । प्रधानले नै सञ्चालन गरेको केटिएम क्लवले कोभिड महामारीअघिसम्म युवा पुस्तालाई निकै आकर्षित गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू