शुक्रबार, चैत १६, २०८०
19:44 | ०१:२९

युक्रेनबाट भागेकालाई स्कटल्याण्डले शरण दिने

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२२

फोटो स्काई

लन्डन । रुसी आक्रमणबाट भागेका युक्रेनीहरूलाई स्कटल्याण्डले शरण दिने बताएको छ । युक्रेनी नागरिकलाई बेलायतमा ल्याउन र पुनर्वासको व्यवस्था गर्ने कार्यमा आफूले भूमिका निर्वाह गर्ने स्कटिश सरकारले बताएको छ । रुसको आक्रमण तीव्र हुँदै गएपछि लाखौँ मानिस देश छाडेर भाग्नेछन् भन्दै शरणार्थी एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् ।

रुसी आक्रमणको विरोध गर्दै ग्लासगोको जर्ज स्क्वाएर, एडिनबर्गको होलिरुड तथा रुसी दूतावास अगाडि हजारौं मानिसहरुले विरोध प्रदर्शन गरेका छन् ।

विदेश मामिलाका हेर्ने क्याबिनेट सेक्रेटरी एङ्गस रोबर्टसनले युक्रेनमा रुसको आक्रमणको निन्दा गर्दै बेलायतका लागि रुसी राजदूतलाई पत्र लेखेका छन् । राजदूत केलिनलाई  लेखेको पत्रमा द्वन्द्वको तुरुन्त अन्त्य गर्न आह्वान गर्दै  युक्रेनबाट सबै रूसी सेना तुरुन्त फिर्ता गर्न माग गरिएको छ ।

दुई देशबीच भएको द्वन्द्वमा पनि सैयौंको संख्यामा मानिसको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । बेलायती राजकुमार विलियम र उनकी पत्नी केटले शनिबार युक्रेन र रुसबीचको भिडन्तमा आफूहरुको समर्थन रहेको भन्दै एक सन्देश पठाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू