शनिबार, वैशाख १५, २०८१
00:50 | ०५:३५

युक्रेनलाई बेलायती राजपरिवारको समर्थन

रासस-एएफपी फ्रेब्रवरी २६, २०२२

लण्डन, १४ फागुन– युक्रेन र रुसबीचको भिडन्तमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ । बेलायती राजकुमार विलियम र उनकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाएकी हुन् ।

‘बेलायती वरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ’, उनीहरूले पठाएको सन्देशमा उल्लेख छ ।

राजकुमार दम्पतीले सन् २०२० अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमतीलाई भेटेको स्मरण पनि गरेका छन् ।

उनीहरूले अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने विश्वास पनि व्यक्त गरेका छन् ।

“हामी तपाईँहरूको साथमा छौँ, तपाईँहरूलाई हामी सहयोग र समर्थन गर्न चाहन्छौँ, युक्रेनी जनताको जित होस्”- उनीहरूले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू