शुक्रबार, चैत १६, २०८०
15:18 | २१:०३

लन्डन हिलिङडन अस्पतालमा ‘नेपाल डे’

कृष्णप्रसाद शर्मा फ्रेब्रवरी २६, २०२२

लन्डन । बेलायतको पश्चिम लन्डनस्थित हिलिङडन अस्पतालले शुक्रबार एक कार्यक्रम गरी ‘नेपाल डे’ मनाएको छ । नेपालको राष्ट्रिय गान बजाएर शुरू गरिएको कार्यक्रममा करिब सय जनाको सहभागिता थियो । 

कार्यक्रमलाइ सम्बोधन गर्दै हिलिङडन अस्पताल व्यवस्थापनकी ‘विविधता र समावेशी’ प्रमुख ड्यानी कार्यस्निनोजले नेपालीहरूको सक्रियतामा भव्य कार्यक्रम भएकोमा खुशी व्यक्त गर्दै  अस्पताल ट्रष्टको तर्फबाट धन्यवाद ज्ञापन गरिन्। 

कार्यक्रम सफल पार्न हिलिङडन अस्पतालमा कार्यरत नेपालीहरूको हिलिङडन हस्पिटल नेपाली ग्रुपका सदस्यहरू नेपाली कला र संस्कृति झल्कउने पहिरनमा उपस्थित थिए ।कार्यक्रमस्थललाई नेपाली कला र पहिचान झल्काउने सामग्रीहरूले सजाइएको थियो।

त्यसअवसरमा नेपाली लोकगीतमा विभिन्न जातीय पहिचान झल्काउने पोशाक लगाएर नृत्य प्रस्तुत गरिएको थियो भने नेपाली परिकारहरु ‘सर्भ’ गरिएको थियो ।

कार्यक्रममा हिलिङडन हस्पिटल रेडियाका प्रमुख स्टिभ हिकम्यान, खानपान व्यवस्थापनका प्रमुख आन बर्न र चमेनागृहका प्रबन्धक डेभिड ब्लाकम्यान लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन हिलिङडन हस्पिटल नेपाली समूहका सदस्य मणी तामाङले गरेका थिए भने अतिथिहरूको व्यवस्थापन एवम् सञ्चार संयोजन अन्जना गुरूङले गरेकी थिइन् ।

त्यस्तै, नेपाली संगीतमा नृत्य व्यवस्थापन याम गुरूङ, नेपाली कला संस्कृति झल्काउने सामग्री प्रदर्शनीको व्यवस्थापनमा लीला भण्डारी र यायायात एवम् कार्यक्रमस्थल व्यवस्थापनमा रोशन श्रेष्ठ खटिएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू