शुक्रबार, वैशाख १४, २०८१
06:08 | १०:५३

ब्रिटिश सेनामा गोर्खा कटौती, २ सय १८ थपिए

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२२

लन्डन । ब्रिटिश सेनामा २ सय १८ गोर्खा भर्ती भएका छन् । बेलायती सेना मुख्यालयले ब्रिटिस आर्मीको ‘इन्टेक–२०२२’ अन्तर्गत उनीहरुलाई छानेको हो । फोर्सेस डट नेटका अनुसार यसपटक १२ हजार बढी नेपाली युवाले आवेदन दिएका थिए ।

मुख्यालयले यसअघि यो वर्ष ब्रिगेड अफ गोर्खाजमा २ सय ३० जना छनोट गर्ने बताएपनि अन्तिम प्रतिष्पर्धामा संख्या कटौती भएको जनाइएको छ ।

त्यसैगरि, सिंगापुर प्रहरीमा १ सय ४० जना नेपाली भर्ती भएका छन् ।

यसअघि ‘इन्टेक–२०२०’ मा ब्रिटिस आर्मीमा ४ सय ३२ र सिंगापुरमा २ सय २० युवा भर्ती लिइएको थियो ।

क्षेत्रीय छनोट प्रतिष्पर्धामा ७४ जिल्लाका ८ हजार युवा सहभागी थिए ।

छानिएका सिपाहीलाई बुधबार पोखरास्थित ब्रिटिस क्याम्पमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा ब्रिगेड अफ गोर्खाजका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले ‘एटेस्टेसन परेड’ सहित शपथ गराएका छन् ।

छनोट भएका युवा बेलायत आएर क्याट्रिकमा ९ महिने प्रशिक्षण लिनेछन् ।

सन् १८१५ देखि ब्रिटिस आर्मीमा नेपाली युवा भर्ती गर्न थालिएको हो । कोरोना महामारीका कारण ‘इन्टेक–२०२१’ मा अघिल्लो वर्ष अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र भिड्ने अवसर दिइएको थियो । जसमा ब्रिटिसमा ३ सय ४० र सिंगापुरमा १ सय ३४ जना भर्ती भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू