शुक्रबार, वैशाख १४, २०८१
10:07 | १४:५२

रुसी आक्रमणको निन्दा गर्दै बेलायती प्रधानमन्त्रीले भने- युक्रेनी जनतालाई पूर्ण साथ

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२२

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रसियाले युक्रेनमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।  

बिहीबार मध्यान्ह टेलिभिजन सम्बोधन गर्दै उनले बेलायतले रसियाको आक्रमणप्रति आँखा चिम्लिएर नबस्ने बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले रुसी आक्रमणलाई पूर्वी युरोप र सिंगो विश्वकै प्रजातन्त्रमाथिको प्रहार भनेका छन्। रुसी राष्ट्रपति भ्लामदिर पुटिनले हिंसाको लहर फैलाएको उनको आरोप छ ।  

जोन्सनले बेलायतका तर्फबाट युक्रेनलाई पूर्ण साथको प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बिहीबार बिहानै ४ बजे आफूले युक्रेनका राष्ट्रपतिलाई टेलिफोन गरी बेलायतको तर्फबाट समर्थन जनाएको पनि बताए ।  

युक्रेनी जनतालाई सिधै सम्बोधन गर्दै जोन्सनले भने, ‘हामी युक्रेनी जनताका साथमा छौं । हामीले तपाईं र तपाईंका परिवारको लागि प्रार्थना गरिरहेका छौं ।’ 

कुनै पनि स्वतन्त्र देशका नागरिकले आफ्नोबारेमा आफैं निर्णय लिने हक पाउनुपर्ने पक्षमा बेलायत सधैं उभिने उनको भनाइ छ ।

प्रधानमन्त्री जोन्सनले रसियामाथि अब प्याकेजमै व्यापक नाकाबन्दी घोषणा गरिने पनि जानकारी गराए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू