शुक्रबार, वैशाख २१, २०८१
19:15 | ००:००

के छन् बेलायतका नवनियुक्त राजदूत आचार्यका प्रतिवद्धता ?

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२२

लन्डन । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो कार्यभार सम्हालेका छन् । 

चार वर्षे कार्यकालसहित बेलायत आएका राजदूत आचार्यले बुधबार लन्डनस्थित नेपाली दूतावासमा आफ्नो पदबहाली गरेलगत्तै आफ्ना प्राथमिकताका एजेन्डाहरु पनि संक्षिप्तमा सार्वजनिक गरेका छन् ।  

दूतावासका अनुसार नवनियुक्त राजदूत आचार्यले नेपाल र बेलायतबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । गैरआवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने एजेन्डा समेत उनको प्राथमिकतामा छ ।  

त्यसैगरी, भूतपूर्व ब्रिटिश गोर्खाको समस्या समाधानको विषय पनि आफ्नो प्राथमिकतामा रहेको आचार्यले बताएका छन् । व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकेरै काम अगाडि बढाइने समेत उनले जानकारी गराएका छन् ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयको सचिव, संयुक्त राष्ट्रसंघको उपमहासचिवदेखि प्रधानमन्त्रीका आर्थिक सल्लाहकारजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका कूटनीतिज्ञ हुन् आचार्य ।

नेपालको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको बेलायतमा आएका ‘हाइ प्रोफाइल’ राजदूतले अहिले प्रतिवद्धता गरेअनुसारकै ‘डेलिभरी’ दिन सक्लान् वा नसक्लान् ? केही समय पर्खिनै पर्नेछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू