शुक्रबार, चैत १६, २०८०
18:52 | ००:३७

ग्रेटर रसमुर नेपाली कम्युनिटीले अन्तर्राष्ट्रिय नारी दिवस मनाउंदै

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२२

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी यूकेले आगामी मार्च ५ तारिख शनिबार अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ ।

बिहान ११ देखि दिउसो २ बजेसम्म जुममार्फत गरिने उक्त कार्यक्रमको प्रमुख अतिथि माइती नेपालकी अध्यक्ष तथा सीएनएन हिरो अवार्ड २०१० विजेता अनुराधा कोइराला हुनेछिन् ।

कार्यक्रममा विशेष अतिथीहरु मानव वेचविखन रोकथाम, उद्दार तथा पुनस्थापनामा सहयोग पुरयाउंदै आएकी शक्ति समूहकी अध्यक्ष श्रीमति चरिमाया तामाङ, लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमति रोशन खनाल, रसमुर बरो काउन्सिलरहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, महिला नेतृ आदि उपस्थित हुने कम्युनिटीका अध्यक्ष मानबहादुर गुरुङले जनाए ।

अध्यक्ष गुरुङले कार्यक्रम निशुल्क भएपनि मानव बेचविखन र घरेलु हिंसाविरुद्धको अभियान, एकल व्यक्ति, घरबारबिहिन बालबालिका लगायतलाई दान दिन सक्ने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू