बिहीबार, वैशाख १३, २०८१
13:52 | १८:३७

लन्डनमा पदबहाली गरे लगत्तै राजदूतको चासो भूतपूर्व गोर्खा मुद्दामा

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२२

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बुधबार आफ्नो पदबहाली गरे लगत्तै भूतपूर्व गोर्खा मुद्दामा चासो देखाएका छन् ।

आफ्नो भावी कार्ययोजनामा भूतपूर्व ब्रिटिश गोर्खा समस्या समाधान 
प्राथमिकताको विषय रहेको बताएका राजदूत आचार्यले भूतपूर्व गोर्खाहरुसंग छिट्टै भेट्ने पनि भएका छन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले राजदूत आचार्यसंग सोमबार स्वागत तथा छलफल कार्यक्रम तय गरिसकेको छ । ‘महामहिमज्यू सप्ताहन्तमा अलिक व्यस्त भएकाले हामीले सोमबार सांझ कार्यक्रम राखेका छौं’, सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले भने, ‘हामी महामहिमको स्वागत सम्मान र उहांसमक्ष आफ्ना मागबारे सविस्तार अवगत गराउने सोचमा छौं ।’

बेलायतका लागि नेपालको २२ औं राजदूतका रुपमा बुधबार दिउंसो पदबहाली गरेका आचार्यले बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्तामा नेपाल सरकारका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा छ । लन्डनस्थित नेपाली दूतावास झण्डै ४ महिना राजदूतविहीन हुंदा गोर्खा वार्तामा ‘ब्रेक’ लागेको थियो ।

राजदूत आचार्यले आफ्नो भावी कार्ययोजनामा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

व्यापार, लगानी तथा पर्यटन प्रवर्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोक्ने योजना समेत राजदूत आचार्यको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू