शनिबार, वैशाख १५, २०८१
20:01 | ००:४६

बेलायतले युक्रेनलाई छिट्टै सैन्य सहायता पठाउने

रासस/एएफपी फ्रेब्रवरी २३, २०२२

लन्डन, बेलायत, ११ फागुन–संयुक्त अधिराज्य (बेलायत) ले युक्रेनलाई निकट भविष्यमा सैन्य सहायताको नयाँ सहयोग (प्याकेज) प्रदान गर्ने बताएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्ने बताएका हुन् ।

उनले बेलायती संसदमा बोल्ने क्रममा भने, ‘म हाउस अफ कमन्समा यो घोषणा गर्दछु कि रूसबाट यूक्रेनमाथि झन् झन् खतरा सृजना भएको छ । हाम्रो यूक्रेनका लागि घोषित नीति अनुरुप नै बेलायतले चाँडै युक्रेनलाई सैन्य समर्थनको थप प्याकेज प्रदान गर्नेछ ।’

प्रधानमन्त्रीका अनुसार यस नयाँ प्याकेजमा रक्षात्मक तथा अन्य हतियारलगायतका बन्दोबस्तीका सामान सहायता समावेश हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू