शुक्रबार, चैत १६, २०८०
08:36 | १४:२१

इंग्ल्याण्डमा बिहीबारदेखि सबै प्रतिवन्ध हट्दै, संक्रमण हुँदा पनि आइसोलेसन बस्न नपर्ने

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२२

लन्डन । इंग्ल्याण्डमा यही फेब्रुअरी २४ तारिख बिहीबारदेखि कोभिडसम्बन्धि बाँकी सबै प्रतिबन्ध हटाइने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझको पत्रकार सम्मेलनमा अब सबै प्रतिवन्ध हट्ने पुष्टि गरेका छन् ।

अब बिहीबारदेखि कोरोना संक्रमित भएपनि आइसोलेशनमा बस्नपर्ने कानूनी बाध्यता रहने छैन । कोरोना पोजिटिभ भएमा घरमै बस्न सुझाव दिइए पनि यसलाई बाध्यात्मक रुपमा भने लागू गरिने छैन । साथै हाल जारी कन्ट्याक्ट ट्रेसिङसम्बन्धि व्यवस्थाको पनि अन्त गरिनेछ ।

यसैगरी हाल लागू गरिएको भ्याक्सिन पासपोर्ट पनि खारेज हुने भएको छ । निशुल्क रुपमा उपलब्ध गराउंदै आएको कोरोना परीक्षणको व्यवस्था पनि हटाइने छ । तर, जोखिममा रहेका, ८० वर्ष माथि उमेर भएका र केयर होममा रहेका मानिसको हकमा उक्त सुविधा यथावत नै रहनेछ ।

होम आइसोलेशन बसेबापत निम्न आय भएकालाई सरकारले उपलब्ध गराउंदै आएको पांच सय पाउण्डको राहत पनि अब हटाइने भएको छ । बुधबार बेलायतको संसदमा मतदान गरिने र संसदले पारित गरेपछि बिहीबारबाट कोभिडसम्बन्धि नयाँ नियम कार्यान्वयन हुनेछ ।

प्रधानमन्त्री जोन्सनले ओमिक्रोन संक्रमणको उत्कर्ष पार भएपनि जोखिम कायम रहेकाले सर्वसाधारणलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयको गत हप्ताको आंकडाअनुसार अझै पनि इंग्ल्याण्डमा २० जनामध्ये एक जनामा कोभिड संक्रमण हुने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू