बिहीबार, वैशाख १३, २०८१
00:37 | ०५:२२

बेलायतका लागि नयां नेपाली राजदूतलाई अभिनन्दन गर्दै एनआरएनए यूके

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२२

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले यही बुधबार लन्डन आउन लागेका २२ औं राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत तथा अभिनन्दन 
गर्ने भएको छ ।

आउंदो आइतबार फेब्रुअरी २७ तारिख दिउसो एम्पायर हलमा कार्यक्रम तय भएको हो ।

दिउसो २ बजे अल्डरसटस्थित एनआरएनए यूकेको आफ्नै कार्यालयमा स्वागत र २. ३० बजे राजदूत आचार्यलाई बाजागाजासहित कार्यक्रमस्थल एम्पायर हल लगिने एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले नेपालीलिंकलाई जानकारी दिए ।

दिउसो २ देखि सांझ ८ बजे सम्मका लागि तय भएको उक्त कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक, प्रमुख सल्लाहकारहरु, सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, एनआरएनए आइसीसी सल्लाहकारहरु, निर्वाचित आइसीसी सदस्यहरु तथा आइसीसी उम्मेदवारहरु लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका तीनसय भन्दा बढी प्रतिनिधि सहभागी हुने अध्यक्ष गाहामगरले बताए ।

गैर आवासीय नेपाली संघ बेलायतसंगै चार 
राज्य समन्वय परिषदहरु नर्दन आयरल्याण्ड, 
वेल्स्, स्कटल्याण्ड र इंगल्याण्डका विशिष्ट व्यक्तित्व, अभियन्ताहरुसहित बुद्धिजिवीहरु समेत कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

अध्यक्ष गाहामगरले सबैलाई कार्यक्रमको निम्तो पठाइसकिएको जनाउंदै इमेल त्रुटीका कारण नपुगेको भए यसै समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थित भइदिन सबैमा अनुरोध गरेका छन् । उनले समस्त नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई आफ्नो संस्थाको तर्फबाट राजदूत आचार्यलाई स्वागत सम्मान गरिदिन पनि अनुरोध गरेका छन् ।

संयुक्त अधिराज्य (यूके) ले एक अनुभवी कूटनीतिज्ञ राजदूतका रुपमा पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष गाहामगरले संघ सदा झैं नेपाली राजदूतावास लन्डनसंग हातेमालो गरि देश विदेशमा रहेका नेपालीका हकहित र सेवाका लागि गतिशील रहन प्रतिवद्ध रहेको पनि बताए ।

संघका उपाध्यक्ष रामचन्द्र पोखरेलको संयोजनमा कार्यक्रम हुन लागेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू