शुक्रबार, वैशाख ७, २०८१
15:24 | २०:०९

बेलायतमा लकडाउन सम्बन्धि सबै प्रतिवन्ध हट्दै  

रासस-एएनआई जनवरी २५, २०२२

लन्डन, ११ माघ– बेलायतमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि लगाइएका सबै प्रतिवन्धात्मक व्यवस्था हटाइने भएको छ ।

अर्को महिना फेब्रुअरी ११ देखि सबै प्रतिवन्धात्मक व्यवस्था हटाउने निर्णय लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिवन्धात्मक व्यवस्था हटाइएसँगै भारतलगायतका देशबाट बेलायत प्रवेश गर्न पनि अब खुल्ला हुने भएको छ । तर ती यात्रुहरूले खोपको पुरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ ।

यातायात र स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले सूचना जारी गर्दै आगामी फेबु्रअरी ११ तारिखको बिहान ४ बजेदेखि सवै प्रतिवन्धात्मक व्यवस्थाहरु हट्ने स्पष्ट पारेको छ ।

पुरा मात्राको खोपलगाएका विदेशबाट आएका यात्रुहरुले पनि त्यो दिनदेखि आइसोलेसनमा बस्नु नपर्ने र पिसिआर परीक्षणको नतिजा देखाउनु नपर्ने सूचनामा उल्लेख छ ।

त्यसैगरी १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई भने इङ्गल्याण्डमा हिंड्डुल गर्नका लागि खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।

यात्रासम्वन्धी धेरै नीति फेबु्रअरीदेखि परिवर्तन हुने भएको छ । यही बेला सरकारले सबैलाई अतिरिक्त खोपको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू