मंगलबार, वैशाख ११, २०८१
07:27 | १२:१२

लन्डन दूतावासमा बुधबारदेखि कार्ड भुक्तानी मात्र स्वीकारिने

नेपाली लिङ्क जनवरी २४, २०२२

लन्डन । लन्डनस्थित नेपाली दूतावासले २६ जनवरी बुधबारदेखि सम्पूर्ण सेवावापत कार्ड भुक्तानीबाट मात्र राजश्व लिने भएको छ ।

दूतावासले सोमबार सांझ एक जरुरी सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो ।

दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजश्व रकम अब अनिवार्य रुपमा बैंक कार्ड (भिजा डेबिट-क्रेडिट, मास्टर कार्ड डेबिट-क्रेडिट, सबै मेस्ट्रो कार्ड) मार्फत लिइने सूचनामा उल्लेख छ ।

यसअघि ‘कार्ड पेमेन्ट’ स्वीकार नगर्दा सेवाग्राहीले झन्झट बेहोर्नुपरेको गुनासो गर्दै आएका थिए । नयां व्यवस्था लागू भएसंगै कार्यवहाक राजदूत रोशन खनालको तारिफ भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू