शुक्रबार, वैशाख १४, २०८१
11:53 | १६:३८

ओलीलाई कोरोना, दाहाल पत्नी सघन उपचार कक्षमा

रासस जनवरी २३, २०२२

केपी ओली । तस्बिर- रासस

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना संक्रमण पुष्टि भएको छ ।

एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई संक्रमण भएको र उनी हाल बालकोटस्थित निवासमा आइसोलेशनमा छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा आज अध्यक्ष ओलीले पत्रकार सम्मेलन आयोजना गरेकामा कार्यक्रम स्थगन भएको छ भने पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिने जनाइएको छ ।

सीता दाहाललाई पनि कोरोना, सघन उपचार कक्षमा उपचार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना संक्रमण भएको छ ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उहाँमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको छ ।

लामो समयदेखि पार्किन्सस रोगका कारण पीडित उनी कोरोना संक्रमणपछि विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू