मंगलबार, जेठ ३, २०७९
17:43 | २२:२८

त्रिपक्षीय वार्ता अघि कार्यगत एकतामा गेसोको जोड

नेपाली लिङ्क जनवरी २३, २०२२

सभापति कृष्णकुमार राई

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिबीच हुन लागेको वार्ता अघि कार्यगत एकतामा जोड दिएको छ ।

गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्ति जारी गर्दै विगतमा भएका कमी कमजोरीको आत्मसमिक्षा गरि वार्ता निर्णायक बनाउन अपिल गरेका हुन् ।

समानता प्राप्तिको लडाईं लडेको तीन दशक भइसक्दा पनि भूतपूर्व गोर्खाहरुमाथि बेलायतको विभेद अझै कायम रहेको भन्दै गेसोले गोर्खा संगठनहरुलाई एकजुट भएर लाग्न आग्रह गरेको छ ।

‘हामीले विगतको तिक्तता बिर्सेर सहकार्य, समझदारी र कार्यगत एकतालाई केन्द्रमा लाग्नुपर्ने बेला आएको छ’, गेसो सभापति राईले भने, ‘अब पनि गम्भीर भएर लागेनौं भने इतिहास र पितृले हामीलाई सराप्नेछन् । त्यसैले हिजो अन्जानमा भए गरेका गल्ती कमजोरी अब नदोहोरयाउने किसिमले काम गरौं । त्यसैमा सबैको हित छ ।’

बेलायतका लागि नयां राजदूत ज्ञानचन्द्र आचार्य यहां आएपछि त्रिपक्षीय वार्ता अगाडि बढाउने नेपाल सरकारको तयारी छ ।

गेसोले वार्ता समितिमा पनि सर्वपक्षीय प्रतिनिधित्व माग गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू