शुक्रबार, वैशाख १४, २०८१
20:19 | ०१:०४

नेपालमा १० हजार बढी संक्रमित, १६ को निधन

रासस जनवरी २२, २०२२

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल बुधबार तनहुँको दमौलीस्थित मुख्यचोकमा सर्वसाधारणलाई मास्क वितरण गर्दै । कोरोना जोखिम बढन थालेपछि ‘मास्क खै’ अभियान सञ्चालन गरिएको छ ।

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको सङ्ख्या ७२ हजार ८६२ पुगेको छ ।

पछिल्लो समय थप ७०८ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २० हजार २८३ पुगेको छ । संक्रमणमुक्त हुने दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

१६ को मृत्यु

विगत २४ घण्टामा आज एकै दिन १६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६५१ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै ५०० भन्दा बढी संक्रमण भएको जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन् ।

यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहुं, स्याङ्जा, बागलुङ, दाङ, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा संक्रमणदर १७.७ प्रतिशत छ ।

हाल होम आइसोलेशनमा ७१ हजार २६१, संस्थागत आइसोलेशनमा एक हजार ६०१, आइसीयूमा २१० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा आज एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् ।

अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू